Sunday 9th November 2025

    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक

विराटनगर किंग्स फाइनलमा, रुपन्देही २९ रनले पराजित

Wednesday, April 19, 2017 National Power

 

६ बैशाख, धनगढी – विराटनगर किंग्स धनगढी प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो क्वालिफाएर खेलमा रुपन्देही च्यालेन्जरलाइ २९ रनले पराजित गरी फाइनलमा प्रवेश गरेको हो ।
टस जितेर पहिले व्याटिङ गरेको विराटनगरले २० ओभरमा ९ विकेट गुमाइ १२८ रन बनायो । उसका लागि आसिफ शेखले ३६ रन जोड्दा कप्तान शरद भेष्वाकरले २४ रनको योगदान गरे । रुपन्देहीका लागि कप्तान शक्ति गौचनले ३ विकेट लिएका थिए ।

जवाफमा १२९ रनको विजयी लक्ष्य सहित मैदानका उर्तेको रुपन्देही २० ओभरमा सबै विकेट गुमाइ मात्र ९९ रन जोड्न सफल भयो । रुपन्देहीका लागि पुष्प थापाले २२ तथा विक्रम सोवले २३ रन जोड्नु बाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् ।
विराटनगरका लागि सुशिल कँडेलले ४ विकेट लिए भने सन्दिप लामिछानेले २ विकेट लिए ।

अब रुपन्देहीले फाइनल प्रवेशका लागि आज हुने दोश्रो खेल चौराहा टिम धनगढी र काठमाडौँ गोल्डेन्स विचको विजेतासंग प्रतिष्पर्धा गर्नेछ ।