Wednesday 16th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर तीन जना घाइते

Wednesday, April 19, 2017 National Power

६ बैशाख, पोखरा – पोखरा लेखनाथ महानगरपालिका ७ मासबारमा विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर तीन जना घाइते भएका छन्। बुधबार बिहान साढे सात बजे विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेको हो।
करेन्ट लागेका विद्युत प्राधिकरण पोखरामा कार्यरत पदम बहादुर पुन, भुवन बहादुर मगर र राजेन्द्र हमाल घाइते भएका छन्। घाइते पुन र मगरको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ भने सामान्य घाइते हमालको मेट्रोसिटि हस्पिटलमा उपचार पछि घर फर्किएका छन्।पुन गम्भीर घाइते भएको र उनको खुट्टा जलेको छ। यसैबीच पोखरामा बिहानदेखि विद्युत आपुर्ती बन्द भएको सूचना अधिकृत सुरेन्द्र शर्माले बताए।