Monday 13th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर तीन जना घाइते

Wednesday, April 19, 2017 National Power

६ बैशाख, पोखरा – पोखरा लेखनाथ महानगरपालिका ७ मासबारमा विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर तीन जना घाइते भएका छन्। बुधबार बिहान साढे सात बजे विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेको हो।
करेन्ट लागेका विद्युत प्राधिकरण पोखरामा कार्यरत पदम बहादुर पुन, भुवन बहादुर मगर र राजेन्द्र हमाल घाइते भएका छन्। घाइते पुन र मगरको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ भने सामान्य घाइते हमालको मेट्रोसिटि हस्पिटलमा उपचार पछि घर फर्किएका छन्।पुन गम्भीर घाइते भएको र उनको खुट्टा जलेको छ। यसैबीच पोखरामा बिहानदेखि विद्युत आपुर्ती बन्द भएको सूचना अधिकृत सुरेन्द्र शर्माले बताए।