Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

राष्ट्रपति भण्डारीको सम्मानमा ‘गार्ड अफ अनर’ कार्यक्रम

Tuesday, April 18, 2017 National Power

५ बैशाख, नयाँदिल्ली – भारतको राष्ट्रपति भवन फोरकोर्टमा भारतीय समकक्षी प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई स्वागत गरेका छन् ।
राष्ट्रपति भण्डारीको सम्मानमा मंगलबार बिहान ‘गार्ड अफ अनर’ कार्यक्रम राखिएको थियो । भण्डारीलाई ‘सेरेमोनियल’ स्वागत गरिएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता गोपाल बागलेले जनाएका छन् ।स्वागतपछि संक्षित प्रतिक्रिया दिँदै राष्ट्रपति भण्डारीले आफूलाई भारतीय राष्ट्रपति र प्रधानमन्त्रीले राम्रो आतिथ्य प्रदान गरेको भन्दै आभार प्रकट गरिन् ।
भारत भ्रमणले दुई देशको मित्रतालाई अझ प्रगाढ र उचाईमा पुर्‍याउने आफ्नो विश्वास रहेको रराष्ट्रपति भण्डारीले बताइन्।

राष्ट्रपति भण्डारीले भनिन्, ‘हामी धेरै निकट छौं र, व्यक्तिगत रुपमा पनि म धेरै निकटता महसुस गर्छु’ उनले भनिन्, ‘म भारत सरकार, भारतका सम्पूर्ण जनताका लागि धेरै शुभेक्षा लिएर आएको छु ।’भारतले गरेको विकासले नेपाललाई सहयोग पुगेको उनले बताइन् ।