Sunday 28th May 2023

    गायक ईश्वर पोखरेल र गायिका रचना रिमालको गीत ‘साहुकी छोरी’ सार्वजनिक    फिल्म ‘नीरफूल’ अग्र्यानिक बनेको छ– अभिनेता दयाहाङ राई    धन सम्पती लिएर आइन गायिका केसी (भिडियो सहित)    प्रतिष्ठित भारतीय ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स’ को छैठौं संस्करण काठमाडौंमा आयोजना हुने    चलचित्र पत्रकार संघ नेपालले २४औं वार्षिक उत्सव भव्य रुपमा सम्पन्न

महिनावारी भएका महिलाले शौचालय प्रयोग नगर्दा समस्या

Tuesday, April 18, 2017 National Power

५ वैशाख, बझाङ – बझाङ जिल्लालाई खुला दिशामुक्त क्षेत्र घोषणा गरिसकेको भए पनि महिनावारी भएका महिलाले शौचालय प्रयोग नगर्दा यसको कार्यान्वयनमा समस्या भएको छ ।

क्षेत्रीय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिले नमुना छनौटको आधारमा तत्कालिन १० गाविसमा गरेको अनुगमनमा १२ प्रतिशत महिलाले महिनावारी हुँदा शौचालय प्रयोग नगर्ने गरेको पाइएको थियो । यो समस्या अहिलेका १० गाँउपालिका र दुई नगरपालिका भित्रै पनि रहेको छ । महिनावारी भएको बेला ५ दिनसम्म शौचालय प्रयोग नगर्ने महिलाको संख्या धेरै नै रहेको महिला अधिकाकर्मीले बताए।१० गाउँपालिका र दुई नगरपालीका क्षेत्र भित्र सम्पूर्ण घर र संस्थाहरुमा शौचालय निमार्ण भएपछि जिल्ला विकास समिति बझाङले २०७२ पुस १६ गते खुला दिशा मुक्त जिल्ला घोषणा गरेको थियो ।