Friday 19th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

दाँत बिगार्ने १० गल्ती यस प्रकार छन्

Monday, April 17, 2017 National Power

१.नियमित परीक्षण नगर्नु – नियमित रुपबाट परीक्षण दाँतको स्वास्थ्यका लागि अत्यन्त आवश्यक छ । दाँतमा पीडा, सडन, सेन्सिटिभिटी हुनेबेलासम्म नकुर्नुस् । त्यसैले वर्षमा एकपटक डेन्टिस्टसंग परीक्षण गराउँनुपर्छ । यसबाट रोग निम्तनुअघि नै रोकथाम गर्न सकिन्छ ।
२.समस्या तत्कालै भुल्नु – कुनै पनि समस्याबाट आराम मिल्नेबित्तिकै बिर्सने बानी खतरनाक साबित हुन्छ । फलोअपका लागि डाक्टरले बोलाएका छन् भने त्यसलाई फलो गर्नुस् । गिजाको शल्यक्रियाजस्तो स्थितिमा घाउ भरिन र पूरै सामान्य हुन समय लाग्छ, त्यसैले नियमित फलोअप गर्नुहोस् ।
३.आफैँ डाक्टर बन्नु – विना डाक्टरी सल्लाह कुनै पनि औषधि सेवन गर्दा समस्या निम्तिन सक्छ । यसैले जब तपार्र्ईंलाई दाँत, मुख या शरीरको अन्य भागमा समस्या महसुस भएको छ भने डाक्टरकहाँ जानुस्, आफैंँ घरेलु उपचारमा नलाग्नुस् ।
४.आफूलाई भएका सबै समस्या नभन्नु – दाँतको उपचार गर्नुपूर्व पहिले कस्तो रोगमा कस्तो उपचार गर्नुभएको थियो भनेर सबै विवरण भन्नुस् । कुन औषधि कति लामो समयदेखि खाइरहनुभएको छ, कुन औषधिले एलर्जी भएको छ, सबै बताउनुस् । शरीरका अन्य भागको समस्या बताउँदा दाँतको उपचारमा पनि लाभकारी हुन सक्छ ।
५.हतारहतार दाँत मोल्नु – प्रायजसो मानिसहरु दाँतको सफाईमा समय दिँन झन्झट मान्छन् । हतारहतार ब्रस गर्दा दाँतको इनामेल कमजोर हुन्छ । त्यसैले दाँतलाई स्वस्थ बनाउँन अलि समय लगाएर ब्रस गर्नुपर्छ भने दिनमा कम्तीमा दुईपटक दाँत माझ्नुपर्छ । नरम ब्रसले दाँतकोे बाहिर र भित्र दुवैतर्फ सफाई गर्नुपर्छ । मुखको हरेक कुनामा ब्रस पुग्नुपर्छ । ब्रसलाई तीन–चार महिनामा बदल्नुपर्छ ।
६.एन्टिसेप्टिक माउथवास नगर्नु – ब्रस गर्नुका साथै माउथवास र फ्लासिङ पनि जरुरी हुन्छ । दाँतको बीचमा खाना अड्कन्छ, जसका कारण दाँतको सडन र गिजाको संक्रमण निम्तन्छ । यसैले स्वस्थ गिजा र दाँतका लागि डेन्टल फ्लास या इन्टरडेन्टल ब्रसको प्रयोग दाँतको बीचभाग सफा राख्न गरिन्छ । मुखलाई किटाणुरहित बनाउँन राती सुत्नुअघि एन्टिसेप्टिक माउथवासबाट एकपटक कुल्ला गर्नुआवश्यक छ ।
७. जंकफुड बढी खानु – बजारमा उपलब्ध कयौं खाद्यपदार्थ दाँतलाई हानी गर्ने खालका हुन्छन् । बढी सोडा, कोल्ड ड्रिंकजस्ता पेयपदार्थ पिउनाले दाँतलाई हानी गर्छन् । यिनीहरुले दाँतको इनामेललाई नोक्सानी पु¥याउँछन् र दाँतमा झन्झनाहट पैदा हुन्छ । यस्तै, अधिकमात्रामा गुलियो र टाँसिने पदार्थ जस्तै, क्यान्डी, चिप्स, क्रिम, बिस्कुट खानाले दाँतमा सडन पैदा हुन्छ । यी चिज कम खानुपर्छ । यदि बालबालिकाले बढी जिद्दी गर्छन् भने सातामा एकपटकमात्र यस्ता पदार्थ दिने बानी बसाउनुस् । यस्तो चिज खान दिनेबित्तिकै ब्रस गराउन नभुल्नुस् ।
८. हरियो सागसब्जी र फल नखानु – हरियो सागपात र फलफूल दुवै दाँतको स्वास्थताका लागि जरुरी हुन्छ । यी पदार्थबाट शरीरमा भिटामिन पाइन्छ । भिटामिन सि र भिटामिन डी दाँतका लागि फाइदाजनक हुन्छ । भिटामिन सिले गिजा स्वस्थ पार्छ । अनुसन्धानअनुसार जुन व्यक्तिले दैनिक करिब ८ सय मिलिग्राम भिटामिन डी सेवन गर्छ, उसमा गिजाको समस्या कम देखा पर्छ । भिटामिन डी मुख्यत चीज, दूध तथा दहीमा पाइन्छ ।
९. सुर्तीजन्य पदार्थ बढी सेवन गर्नु – चुरोट, बिडी, सुर्तीजस्ता सुर्तीजन्य पदार्थले गिजामा हानी गर्छ । दाँत पहेलो, कालो भएर बिग्रन्छ ।
१०.अन्य केही नराम्रा बानी – केही नराम्रा बानीहरु जस्तै, राती सुतेको समयमा दाँत कट्कटाउनु, पेन्सिल या कलम टोक्नु, आइसक्रिम चपाएर खानुजस्ता बानीले दाँतको इनामेल र दाँतसम्बन्धी हड्डीमा नराम्रो असर पर्छ ।
–स्वास्थ्य खबरबाट साभार