Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

दुई हजार ६ सय बढी बालबालिका विद्यालय बाहिर

Monday, April 17, 2017 National Power

४ वैशाख, सल्यान – जिल्लामा चार प्रतिशत बालबालिका विद्यालय बाहिर रहेका छन्।सरकारले विद्यार्थी भर्ना अभियानलाई ब्यापक बनाएको भए पनि विपन्न,अनाथ तथा शारीरिक अपाङ्गता लगायतका कारणले दुई हजार ६ सय बढी बालबालिका विद्यालय बाहिर रहेका हुन्।विद्यार्थी भर्नाका लागि जिल्ला शिक्षा कार्यालय सल्यानले भर्ना अभियान नै चलाएको भए पनि क र ख वर्गका शारीरिक अपाङ्गता भएका बालबालिका विद्यालय भर्ना हुन नसकेको जिल्ला शिक्षा अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए।सल्यानमा १ देखि ५ कक्षासम्म ३६ हजार ९७, कक्षा ६ देखि ८ सम्म १९ हजार ४५६, कक्षा ९ र १० मा ११ हजार २९१ गरी जम्मा ६६ हजार ८४४ विद्यार्थी विद्यालयको पहुँचभित्र रहेका छन्।