Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

दुई हजार ६ सय बढी बालबालिका विद्यालय बाहिर

Monday, April 17, 2017 National Power

४ वैशाख, सल्यान – जिल्लामा चार प्रतिशत बालबालिका विद्यालय बाहिर रहेका छन्।सरकारले विद्यार्थी भर्ना अभियानलाई ब्यापक बनाएको भए पनि विपन्न,अनाथ तथा शारीरिक अपाङ्गता लगायतका कारणले दुई हजार ६ सय बढी बालबालिका विद्यालय बाहिर रहेका हुन्।विद्यार्थी भर्नाका लागि जिल्ला शिक्षा कार्यालय सल्यानले भर्ना अभियान नै चलाएको भए पनि क र ख वर्गका शारीरिक अपाङ्गता भएका बालबालिका विद्यालय भर्ना हुन नसकेको जिल्ला शिक्षा अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए।सल्यानमा १ देखि ५ कक्षासम्म ३६ हजार ९७, कक्षा ६ देखि ८ सम्म १९ हजार ४५६, कक्षा ९ र १० मा ११ हजार २९१ गरी जम्मा ६६ हजार ८४४ विद्यार्थी विद्यालयको पहुँचभित्र रहेका छन्।