Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

माओवादी केन्द्रले आठ स्थानीय तहमा उम्मेदवारको टुंगो लगायो

Monday, April 17, 2017 National Power

४ बैशाख, बैतडी – बैतडीका आठ स्थानीय तहमा माओवादी केन्द्रले उम्मेदवारको टुंगो लगाएको छ । दश स्थानीय तह रहेको बैतडीमा केन्द्रले चार नगरपालिका र चार गाउँपालिका गरी आठ तहमा उम्मेदवारको टुंगो लगाएको हो । शिवनाथ र सुर्नया गाउँपालिकामा मात्रै उम्मेदवार छान्न बाँकी रहेको र उम्मेदवारी छनोटका लागि त्यहाँ छलफल भइरहेको माओवादी केन्द्रले बताए्को छ ।
माओवादी केन्द्रले मेलौली नगरपालिकामा भीमबहादुर चन्द,पुरचौडी नगरपालिकामा रणबहादुर कुँवर , पाटन नगरपालिकामा शंकर भण्डारी, र दशरथचन्द नगरपालिकामा खिमानन्द भट्टलाई मेयर पदमा उम्मेदवार बनाउने निर्णय गरेको छ । माओवादी केन्द्रका अनुसार पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा रमेश चन्द, सिगास गाउँपालिकाको अध्यक्षमा वीरसिंह ऐरी र डिलार्सैनी गाउँपालिकाको अध्यक्षमा लोकेन्द्र रानालाई उम्मेदवार बनाउने निर्णय भएको छ । दशवटै तहका अधिकांश वडामा पनि माओवादी केन्द्रले उम्मेदवारी घोषणा गरिसकेको छ । अधिकांश माओवादी घटकबीच एकीकरण भएपछि माओवादी केन्द्रले स्थानीय निर्वाचनमा सकारात्मक परिणाम निकाल्ने दाबी गर्दै आएको छ ।