Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

माओवादी केन्द्रले आठ स्थानीय तहमा उम्मेदवारको टुंगो लगायो

Monday, April 17, 2017 National Power

४ बैशाख, बैतडी – बैतडीका आठ स्थानीय तहमा माओवादी केन्द्रले उम्मेदवारको टुंगो लगाएको छ । दश स्थानीय तह रहेको बैतडीमा केन्द्रले चार नगरपालिका र चार गाउँपालिका गरी आठ तहमा उम्मेदवारको टुंगो लगाएको हो । शिवनाथ र सुर्नया गाउँपालिकामा मात्रै उम्मेदवार छान्न बाँकी रहेको र उम्मेदवारी छनोटका लागि त्यहाँ छलफल भइरहेको माओवादी केन्द्रले बताए्को छ ।
माओवादी केन्द्रले मेलौली नगरपालिकामा भीमबहादुर चन्द,पुरचौडी नगरपालिकामा रणबहादुर कुँवर , पाटन नगरपालिकामा शंकर भण्डारी, र दशरथचन्द नगरपालिकामा खिमानन्द भट्टलाई मेयर पदमा उम्मेदवार बनाउने निर्णय गरेको छ । माओवादी केन्द्रका अनुसार पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा रमेश चन्द, सिगास गाउँपालिकाको अध्यक्षमा वीरसिंह ऐरी र डिलार्सैनी गाउँपालिकाको अध्यक्षमा लोकेन्द्र रानालाई उम्मेदवार बनाउने निर्णय भएको छ । दशवटै तहका अधिकांश वडामा पनि माओवादी केन्द्रले उम्मेदवारी घोषणा गरिसकेको छ । अधिकांश माओवादी घटकबीच एकीकरण भएपछि माओवादी केन्द्रले स्थानीय निर्वाचनमा सकारात्मक परिणाम निकाल्ने दाबी गर्दै आएको छ ।