Monday 20th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

आयोगलाई बुझाएको ज्ञापनपत्रबारे राप्रपाको ध्यानाकर्षण

Sunday, April 16, 2017 National Power

३ बैशाख, काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको विधानबाट हिन्दूराष्ट्र र राजसंस्था हटाएको विरोधमा निर्वाचन आयोगलाई बुझाएको ज्ञापनपत्रबारे पुनः आयोगको ध्यानाकर्षण गराएको छ।
राप्रपाले आयोगबाट ज्ञापनपत्र बुझाएपछि चैत २२ मा प्राप्त पत्रबाट पनि स्पष्ट हुन नसकिएको भन्दै आइतबार आयोगलाई ध्यानाकर्षण पत्र बुझाएको हो। ध्यानाकर्षण पत्र बुझाउन उपाध्यक्ष बुद्धिमान तामाङ नेतृत्वको टोली निर्वाचन आयोग पुगेको थियो। निर्वाचन आयोगले संविधानको मर्मविपरीत रहेको भन्दै हिन्दूराष्ट्र र राजसंस्था शब्दावली राप्रपाको विधानबाट हटाइदिएको थियो। आयोगको यस्तो कदमपश्चात आन्दोलित राप्रपाले निर्वाचन आयोग घेराउसमेत गरेको थियो।