Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

आयोगलाई बुझाएको ज्ञापनपत्रबारे राप्रपाको ध्यानाकर्षण

Sunday, April 16, 2017 National Power

३ बैशाख, काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको विधानबाट हिन्दूराष्ट्र र राजसंस्था हटाएको विरोधमा निर्वाचन आयोगलाई बुझाएको ज्ञापनपत्रबारे पुनः आयोगको ध्यानाकर्षण गराएको छ।
राप्रपाले आयोगबाट ज्ञापनपत्र बुझाएपछि चैत २२ मा प्राप्त पत्रबाट पनि स्पष्ट हुन नसकिएको भन्दै आइतबार आयोगलाई ध्यानाकर्षण पत्र बुझाएको हो। ध्यानाकर्षण पत्र बुझाउन उपाध्यक्ष बुद्धिमान तामाङ नेतृत्वको टोली निर्वाचन आयोग पुगेको थियो। निर्वाचन आयोगले संविधानको मर्मविपरीत रहेको भन्दै हिन्दूराष्ट्र र राजसंस्था शब्दावली राप्रपाको विधानबाट हटाइदिएको थियो। आयोगको यस्तो कदमपश्चात आन्दोलित राप्रपाले निर्वाचन आयोग घेराउसमेत गरेको थियो।