Tuesday 28th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

सी.के.राउतलाई राज्यविरुद्धको सगंठित अपराध मुद्दामा अनुसन्धान सुरु

Sunday, April 16, 2017 National Power

३ बैशाख, भैरहवा – स्वतन्त्र मधेश गठबन्धनका संयोजक सी.के.राउतलाई रुपन्देही प्रहरीले राज्यविप्लव (राज्यविरुद्धको सगंठित अपराध) मुद्दामा अनुसन्धान सुरु गरेको छ ।

राउतलाई आइतबार जिल्ला अदालत रुपन्देहीमा राज्यविप्लव मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए । चैत ३१ गते सिरहा जिल्ला अदालतबाट १० हजार रुपैयाँ धरौटीमा रिहा भएका राउतलाई रिहालगत्तै सिरहा प्रहरीले पक्राउ गरी रुपन्देही प्रहरीलाई बुझाएको थियो ।

प्रहरी स्रोतका अनुसार रुपन्देही प्रहरीले राउतलाई केही विषयमा अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरी सहयोग गर्न आग्रह गर्दै सिरहा प्रहरीलाई पत्राचार गरेको थियो । सोही पत्रका आधारमा अदालतबाट धरौटीमा रिहा भएलगत्तै राउतलाई पक्राउ गरी बुटवल ल्याइएको थियो । आइतवार रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।