Friday 19th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

शान्तिवाटिकामा नयाँ शक्तिसहित ६८ दलको धर्ना सुरु

Saturday, April 15, 2017 National Power

२ वैशाख,काठमाडौँ —सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनमा सहभागी हुनका लागि दलीय चुनाव चिन्हको माग गर्दै नयाँ शक्ति पार्टीसहित ६८ दलले रिले अनशनसहितको धर्ना सुरु गरेका छन् ।
काठमाडौँको रत्नपार्क्स्थित शान्ति वाटिकामा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले संयुक्त विरोधस्वरुप आजदेखि अनशनको सुरुवात गर्नुभएको हो ।
लोकतान्त्रिक राज्य व्यवस्थामा दललाई दलीय चुनाव चिन्हबाट नदिइ सरकारले अलोकतान्त्रिक व्यवस्था लादेको भन्दै त्यसको विरोधस्वरुप वैधानिकरुपमा दर्ता भएका सबै दललाई दलीय चुनाव चिन्ह प्रदान गरेर संविधान संशोधनमार्फत चुनाव गर्नुपर्ने माग राख्दै दलहरुले धर्ना सुरु गरेका हुन् ।

शान्तिवाटिकामा रिले अनशनको सुरुवात गर्दै नयाँ शक्ति पार्टीका संयोजक डा भट्टराईले २५÷३० वर्षअघि यही रत्नपार्कबाट बहुदलीय व्यवस्थाका लागि आन्दोलन गरेको स्मरण गर्दै अहिले गणतान्त्रिक व्यवस्थामा पनि पूर्ण लोकतन्त्रको स्थापना गर्ने उद्देश्य राखेर शान्तिपूर्ण सङ्घर्ष सुरु गरिएको बताउनुभयो ।
त्यस्तै अनशनमा सहभागी अन्य राजनीतिक दलका नेताले सम्बोधन गर्दै लोकतन्त्रको रक्षा र तीन दलीय निरङ्कुशताका विरुद्ध आफूहरुको शान्तिपूर्ण सङ«घर्ष जारी रहने बताएका छन् ।