Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

१५ लाख बराबरको धनमाल जलेर नष्ट

Saturday, April 15, 2017 National Power

२ वैशाख, सप्तरी —जिल्लाको पोर्ता गाविस–६ मा गए राति आगलागी हुँदा करिब रु १५ लाखको क्षति भएको छ ।स्थानीयवासी सतयदेव पघैया यादवको गहुँ दाइ गर्ने क्रममा थ्रेसरबाट सल्केको आगोले निजको चार कोठे पक्की घरसहित अन्य चार घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।

आगलागीबाट घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन र नगद क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयवासी, प्रहरी र राजविराजबाट आएको वारुणयन्त्रले आगो नियन्त्रणमा लिएको थिए ।