Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

विद्यालय भर्ना अभियान बैशाख ३ गतेदेखि, ४ प्रतिशत बालबालिका विद्यालय बाहिर

Friday, April 14, 2017 National Power

१ बैशाख,अछाम- जिल्लामा यही बैशाख ३ गतेबाट विद्यालय स्वागत तथा भर्ना अभियान कार्यक्रम शुरु हुने भएको छ । विद्यालय बाहिर रहेका सम्पूर्ण बालबालिकालाई अनिवार्य विद्यालयमा ल्याउने र टिकाउने अभियान अन्तर्गत विद्यालय स्वागत तथा भर्ना अभियान शुरु गर्न लागिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
बैशाख ३ गतेदेखि १७ गतेसम्म विद्यालय स्वागत तथा भर्ना अभियान शुरु गर्ने र हरेक विद्यालयले आफ्नो सेवा क्षेत्र भित्र रहेका विद्यालय उमेर पुगेका सबै बालबालिकालाई विद्यालयमा ल्याउनुपर्ने जिल्ला शिक्षा अधिकारी झंकरबहादुर बिष्टले बताउनु भयो ।

विद्यालय स्वागत तथा भर्ना अभियान संगै पाठ्यपुस्तक समेत सबै विद्यार्थीलाई उपलब्ध गराउन उहाँले आग्रह गर्नुभयो । पाठ्यपुस्तकका लागि जिल्ला भर २ करोड बढी रुपैँया सम्बन्धित विद्यालयको खातामा फागुन महिनामै पठाई सकिएको जिल्ला शिक्षा अधिकारी विष्टको भनाई छ । अछाम जिल्लामा अझैँ पनि ४ दशमलब ८६ प्रतिशत बालबालिका विद्यालय बाहिर रहेको तथ्यांक छ ।