Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

विद्यालय भर्ना अभियान बैशाख ३ गतेदेखि, ४ प्रतिशत बालबालिका विद्यालय बाहिर

Friday, April 14, 2017 National Power

१ बैशाख,अछाम- जिल्लामा यही बैशाख ३ गतेबाट विद्यालय स्वागत तथा भर्ना अभियान कार्यक्रम शुरु हुने भएको छ । विद्यालय बाहिर रहेका सम्पूर्ण बालबालिकालाई अनिवार्य विद्यालयमा ल्याउने र टिकाउने अभियान अन्तर्गत विद्यालय स्वागत तथा भर्ना अभियान शुरु गर्न लागिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
बैशाख ३ गतेदेखि १७ गतेसम्म विद्यालय स्वागत तथा भर्ना अभियान शुरु गर्ने र हरेक विद्यालयले आफ्नो सेवा क्षेत्र भित्र रहेका विद्यालय उमेर पुगेका सबै बालबालिकालाई विद्यालयमा ल्याउनुपर्ने जिल्ला शिक्षा अधिकारी झंकरबहादुर बिष्टले बताउनु भयो ।

विद्यालय स्वागत तथा भर्ना अभियान संगै पाठ्यपुस्तक समेत सबै विद्यार्थीलाई उपलब्ध गराउन उहाँले आग्रह गर्नुभयो । पाठ्यपुस्तकका लागि जिल्ला भर २ करोड बढी रुपैँया सम्बन्धित विद्यालयको खातामा फागुन महिनामै पठाई सकिएको जिल्ला शिक्षा अधिकारी विष्टको भनाई छ । अछाम जिल्लामा अझैँ पनि ४ दशमलब ८६ प्रतिशत बालबालिका विद्यालय बाहिर रहेको तथ्यांक छ ।