Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

स्थानीय तहको निर्वाचन नभए लोकतन्त्र समाप्त हुने-नेता पौडेल

Wednesday, April 12, 2017 National Power

३० चैत, पाल्पा – स्थानीय तहको निर्वाचन नभए लोकतन्त्र समाप्त हुने नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन्। नेपाल प्रेस युनियन, पाल्पा शाखाको आयोजनामा बुधबार तानसेनमा भएको पत्रकार भेटघाटमा बोल्दै नेता पौडेलले भने, मुलुकमा स्थानीय तहको निर्वाचन टार्ने कोसिस भइरहेको छ, तर त्यो गलत हो। मधेसी मोर्चाको मागप्रति लक्ष्यित गर्दै नेता पौडेलले भने, सुधारिएको प्रस्ताव संसद्मा दर्ता भएको छ। संविधान संशोधनको प्रक्रिया अगाडि बढेको छ। पटक–पटकको आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षाका लागि निर्वाचन अपरिहार्य रहेको काँग्रेस नेता पौडेलको भनाइ छ।