Tuesday 21st March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

स्थानीय तहको निर्वाचन नभए लोकतन्त्र समाप्त हुने-नेता पौडेल

Wednesday, April 12, 2017 National Power

३० चैत, पाल्पा – स्थानीय तहको निर्वाचन नभए लोकतन्त्र समाप्त हुने नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन्। नेपाल प्रेस युनियन, पाल्पा शाखाको आयोजनामा बुधबार तानसेनमा भएको पत्रकार भेटघाटमा बोल्दै नेता पौडेलले भने, मुलुकमा स्थानीय तहको निर्वाचन टार्ने कोसिस भइरहेको छ, तर त्यो गलत हो। मधेसी मोर्चाको मागप्रति लक्ष्यित गर्दै नेता पौडेलले भने, सुधारिएको प्रस्ताव संसद्मा दर्ता भएको छ। संविधान संशोधनको प्रक्रिया अगाडि बढेको छ। पटक–पटकको आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षाका लागि निर्वाचन अपरिहार्य रहेको काँग्रेस नेता पौडेलको भनाइ छ।