Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

एक व्यक्तिलाई पेस्तोलसहित पक्राउ

Wednesday, April 12, 2017 National Power

३० चैत, वीरगंज – एक व्यक्तिलाई एक नाल कटुवा पेस्तोल र त्यसमा लाग्ने ३ राउण्ड गोली सहित जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ ।

बाराको परवानीपुर गाउपालिका वडा नम्बर ३ बस्ने वर्ष २७ को प्रमोद कुमार गोडलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । निजलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
स्थानिय निकायको निर्वाचनलाई लक्षित गरेर सरप्राईज चेकिङका क्रममा वीरगंज ८ आर्मि व्यारेक पछाडीबाट निजलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक चक्रराज जोशीले बताए । गोड निरन्तर अपराध कार्यमा संलग्न हुँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।निर्वाचनलाई लक्षित गरेर चेकजाँचमा कडाई गर्नुका साथै सुरक्षा सतर्कता बढाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।