Monday 20th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

एक व्यक्तिलाई पेस्तोलसहित पक्राउ

Wednesday, April 12, 2017 National Power

३० चैत, वीरगंज – एक व्यक्तिलाई एक नाल कटुवा पेस्तोल र त्यसमा लाग्ने ३ राउण्ड गोली सहित जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ ।

बाराको परवानीपुर गाउपालिका वडा नम्बर ३ बस्ने वर्ष २७ को प्रमोद कुमार गोडलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । निजलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
स्थानिय निकायको निर्वाचनलाई लक्षित गरेर सरप्राईज चेकिङका क्रममा वीरगंज ८ आर्मि व्यारेक पछाडीबाट निजलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक चक्रराज जोशीले बताए । गोड निरन्तर अपराध कार्यमा संलग्न हुँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।निर्वाचनलाई लक्षित गरेर चेकजाँचमा कडाई गर्नुका साथै सुरक्षा सतर्कता बढाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।