Tuesday 20th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

(डिआईजी) नवराज सिलवालले दोस्रो रिट दर्ता गरे

Tuesday, April 11, 2017 National Power

२९ चैत्र, काठमाण्डौँ – सर्वोच्च अदालतमा प्रहरी नायव महानिरीक्षक (डिआईजी) नवराज सिलवालले मंगलबार दोस्रो रिट दर्ता गरेका छन् ।

प्रहरी महानिरीक्षक (आईजीपी)मा प्रकाश अर्याललाई गरेको नियुक्त बदर र यसअघि सर्वोच्च अदालतले गरेको निर्णय कार्यान्वयनको माग राखी सिलवालले रिट दर्ता गरेका हुन् ।

सोमबार आईजीपीमा डिआईजी अर्याललाई सरकारले नियुक्त गरेको थियो । उनलाई सोमबार राति नै महानिरीक्षकको दज्र्यानी चिन्ह प्रदान गरिएको छ । डिआईजी सिलवाल कार्य सम्पादन मूल्यांकनको फाइलमा झेल भएको भन्दै असन्तुष्ट छन् । उनले कार्यसम्पादन मूल्यांकनको फाइलमै दुई नम्बर घटाएर आफूलाई पछि पारिएको दाबी गरेका छन् ।
डिआईजी जयबहादुर चन्दलाई यसअघि सरकारले गत फागुन १ मा महानिरीक्षक नियुक्त गरेकोमा तीन साताअघि सर्वोच्च अदालतले उक्त निर्णय उल्ट्याएको थियो ।

सर्वोच्चले कार्यसम्पादन मूल्यांकनमा ख्याल नगरी मन्त्रिपरिषद्ले महानिरीक्षक नियुक्ति गर्नु विधिसम्मत नभएको भन्दै कार्यसम्पादनका आधारमा पुनः नियुक्ति गर्न चैत ८ गते आदेश दिएको थियो । निवेदन दर्ताका लागि अधिवक्ता कपिलदेव ढकाल पनि सर्वोच्च अदालत पुगेका छन् ।