Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

(डिआईजी) नवराज सिलवालले दोस्रो रिट दर्ता गरे

Tuesday, April 11, 2017 National Power

२९ चैत्र, काठमाण्डौँ – सर्वोच्च अदालतमा प्रहरी नायव महानिरीक्षक (डिआईजी) नवराज सिलवालले मंगलबार दोस्रो रिट दर्ता गरेका छन् ।

प्रहरी महानिरीक्षक (आईजीपी)मा प्रकाश अर्याललाई गरेको नियुक्त बदर र यसअघि सर्वोच्च अदालतले गरेको निर्णय कार्यान्वयनको माग राखी सिलवालले रिट दर्ता गरेका हुन् ।

सोमबार आईजीपीमा डिआईजी अर्याललाई सरकारले नियुक्त गरेको थियो । उनलाई सोमबार राति नै महानिरीक्षकको दज्र्यानी चिन्ह प्रदान गरिएको छ । डिआईजी सिलवाल कार्य सम्पादन मूल्यांकनको फाइलमा झेल भएको भन्दै असन्तुष्ट छन् । उनले कार्यसम्पादन मूल्यांकनको फाइलमै दुई नम्बर घटाएर आफूलाई पछि पारिएको दाबी गरेका छन् ।
डिआईजी जयबहादुर चन्दलाई यसअघि सरकारले गत फागुन १ मा महानिरीक्षक नियुक्त गरेकोमा तीन साताअघि सर्वोच्च अदालतले उक्त निर्णय उल्ट्याएको थियो ।

सर्वोच्चले कार्यसम्पादन मूल्यांकनमा ख्याल नगरी मन्त्रिपरिषद्ले महानिरीक्षक नियुक्ति गर्नु विधिसम्मत नभएको भन्दै कार्यसम्पादनका आधारमा पुनः नियुक्ति गर्न चैत ८ गते आदेश दिएको थियो । निवेदन दर्ताका लागि अधिवक्ता कपिलदेव ढकाल पनि सर्वोच्च अदालत पुगेका छन् ।