Tuesday 10th September 2024

    ‘तिमी नै त हौ’ सार्वजनिक    डिस्ट्रिक्ट गभर्नरको आधिकारिक क्लब भ्रमणसँगै रोटरी क्लब अफ ज्ञानेश्वरले मनायो चौथो चार्टर समारोह    साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ६२ औं वार्षिकोत्सव सम्पन्न    नेपाल डेरी एसोसिएसन सुदुरपश्चिम प्रदेशको मेची महाकाली भ्रमण तथा अध्ययन अवलोकन सम्पन्न    ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसका सहभागी प्रतियोगीसहित अभिभावकहरुलाई बाल स्वास्थ्य संबन्धी प्रशिक्षण

समाजसेवी प्रधानकाे राजनीतिक यात्रा र अबकाे बाटाे

Tuesday, April 11, 2017 National Power

राजनीतिक विरासत

धुर्वलाल प्रधान, विगत ४० बर्ष भन्दा लामो समय देखि नेपाली काँग्रेसको चारतारे झण्डा मुनी बसेर राजनीति गरे । डुम्रे बजारमा बुवाले कमाइदिएको सम्पतिमा नै प्रयापत भएको ठाने र आफु सम्पति जोड्नु भन्दा पनि राजनीति मार्फत समाजमा केही गर्ने अभिलाषा बोकेर नेपाली काँग्रेसको चारतारे झण्डा बोक्न थाले ।
२०३६ सालमा जनमत संग्रह हुँदा लौह पुरुष गणेशमान सिंहले समेतको विश्वास पात्र भएर तनहुँमा नेपाली काँग्रेसको चारतारे झण्डा बोकेर “पंचायती व्यवस्था मुर्दावाद, प्रजातन्त्रको पुर्नवाहली” गर भन्ने नारा लगाएर हिड्दा तत्कालिन पंचायती शासकले जेल हाल्यो । यहि समयमा भएको स्थानीय स्तरको निर्वाचनमा क्षेत्र नं १ बाट जिते । यसबेला सम्म यीनी जनतामाझ कति लोकप्रिय भइसकेका थिए भने तनहूँबाट जित्ने उनी एक मात्र काँग्रेसी उम्मेदवार समेत बने ।
पंचायतको जगजगी भएको बेलामा पनि गैर पंचायती प्रतिनिधिको रुपमा यीनले मात्र निर्वाचनमा सफलता पाएका थिए । यसले पनि पुष्टि गर्छकी यीनी जनताको समस्या र सवालप्रति कति गम्भिर छन् र यीनले नै समस्याको समाधान गर्न सक्षम छन् भन्ने जनताको विश्वास पनि । यसपछि तनहूँ जिल्ला मात्र नभएर देशभरका नेपाली काँग्रेसका कार्यकर्ताहरुले धु्रर्व लाल प्रधानलाइ एक कर्मठ, साँच्चै जनातको मिर मर्का बुझ्ने राजनीतिज्ञको हुन् भन्ने तवरले बुझिसकेका थिए । ं
त्यसैको फलस्वरुप प्रजातन्त्रको पुर्नस्थापना पछि २ पटक तनहुँ क्षेत्र न १ को क्षेत्रिय सभापति भए भने पछिल्लो समय तनहूँ नेपाली काँग्रेसको जिल्ला उपसभापति समेत भए । दुई पटक महाधिवेशन प्रतिनिधि भएका यीनी एक पटक महासमिति सदस्य समेत भइसकेका छन् । कुनै पनि पद प्रति अनावश्यक आसत्ति नराख्ने यीनी राजनीति पदको लागि भन्दा पनि समाजको लागि गर्नु पर्ने मान्यता राख्छन् ।

 


राजनीतिलाई पेशा बनाएर यसलाइ बद्नाम गर्नेहरु प्रति पछिल्लो समय यीनको विमत्ति रहिआएको छ । उनको छुट्टै मान्यता छ राजनीति भनेको देश जनतको लागि गरिन्छ नकि आफ्नो स्वार्थ पुरा गर्न । त्यसैले पछिल्लो समय भइरहको राजनीतिक विकृति प्र्रति यीनको ठूलो गुनासो रहिआएको छ ।
यीनको मान्यता भनेको समाज सेवा गर्ने हो । त्यसको लागि राजनीति एउटा माध्यम हो, तर कहिले काँही राजनीति मार्फत पुरा गर्न नसकेको समाज सेवा रेडक्रस तथा लायन्स क्लबहरुमा आवद्ध भएर पुरा गरे ।
लामो राजनीतिक विरासत र समाजसेवा प्रति यीनको लगावले तनहुँ बन्दीपुरका स्थानीय वासिन्दाहरु माझ निकैनै लोकप्रिय समेत छन् । धुर्व लाल प्रधान भन्ने वितिक्कै त्यस क्षेत्रका वासिन्दाहरुले एक कर्मठ, जनताको सेवा लागि समर्पित, समाजसेवी, भ्रष्ट्राचार विरोधी, सुख दुखमा संधै साथ रहने सहयोगी, विकासप्रेमी राजनीतिज्ञको रुपमा चिन्ने गरेका छन् । जनताको यही मनोभावना बुझेर, जनताको सेवा गर्ने तिव्र इच्छा सहित अब हुन गइरहेको स्थानीय तहको निर्वाचनमा बन्दिपुर गाउँपालिकाको प्रमुखको रुपमा उम्मेदवारीको लागि दावेदारी प्रस्तु गरिरहेका छन् ।
एजेण्डा
धुर्वलाल प्रधान जुनसुकै स्थान र क्षेत्रमा पनि आफ्नो एजेण्डा सहित प्रस्तुत हुने गर्दछन् । चुनावी माहौल तताउनको लागि मात्र हावादरी गफ दिने पक्षमा उनी कहिले पनि रहेनन् । त्यस क्षेत्रको जनताको तत्कालिन आवश्यकतालाई मिहिन ढंगले केलाउने गर्दछन् । अनि त्यो आवश्यकता पुरा गर्न तत्कालिन वस्तुस्थितीको पनि मुल्याङकन गर्ने गर्दछन् । स्थानीय श्रोत र साधन, क्षमता र समय अनुसार आफ्नो लक्ष्य निर्धारण गर्नुपर्ने मान्यता राख्दछन् । जनताको मागलाइ तत्कालिन र दिर्घकालिन रुपमा पुरा गर्न सक्ने मागको रुपमा वर्गिकरण गरी उनीहरुले बुझ्ने भाषामा उनीहरुको मागलाई सम्बोधन गर्ने गर्दछन् र यो नै यीनको खुबी पनि हो ।
अहिले यीनी स्पष्ट छन्, गाउँपालिकाको संरचना विल्कुल नयाँ छ, सबैभन्दा पहिला थिति बसाल्नु पर्ने छ । जनतालाइ यसको बारेमा बुझाउनु पर्नेछ । स्थानीय स्तरमा भएका श्रोतहरुको परिचालनको विषयमा संघीय कानुनको अधिनमा रही निति निर्माण गर्नु पर्नेछ । गाउँ सभाको संरचना र यस्ले गर्ने कामको बारेमा कानुन बनाउनु पर्नेछ । जनताको यावत समस्या सम्बोधन गर्नु पर्ने त नियमित नै भइहाल्यो ।
धुर्वलाल प्रधान जस्ता व्यक्तिहरुबाट स्थानीय जनताले निकै नै आशा गरेका हुन्छन् । हर गाउँमा हुने समान समस्याहरु बाटोघाटो, पानी, विजुली, स्वरोजगारको क्षेत्रमा विशेष योजना सहित काम गर्ने र विशेष गरी वन्दीपुर क्षेत्रलाई पर्यटकी नगरीको रुपमा व्यवस्थित बनाई धेरै भन्दा धेरै पर्यटक भित्र्याउने उनको विशेष योजना छ ।
यसरी हरेक क्षेत्रको समस्या समाधान गर्नको लागि जनतासंगै बसेर, जनताकै राय सल्लाह र आफ्नो सुझबुझमा उनीहरुले बुझ्ने गरी सम्बोधन गर्न सक्ने व्यक्ति हुन प्रधान । जब यीनले गाउँपालिकाको प्रमुख मार्फत जनताको सेवा गर्ने इच्छा प्रकट गरे तब यस क्षेत्रका जनता निकै नै उत्साहित भएका छन् । स्थानीय तहको निर्वाचन आउनु अघि नै जनताले रोजेका प्रधान सबै प्रत्यासीहरु भन्दा निकै अगिाडी देखिइसकेका छन् । यीनको लोकप्रियता र स्वच्छ छवीले सबै प्रतिष्प्रधीहरुलाइ अहिले देखिनै निकै पछि पारीसकेका छन् ।

प्रस्तुती ः नवराज दुवाडी

९८५११४६७९१