Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

वरियाता विवादले तीन साता देखि मन्त्रीपरिषद् वैठक बस्न सकेन

Thursday, April 6, 2017 National Power

२४ चैत, काठमाडौं – विगत ३ साता देखि उपप्रधानमन्त्रीको वरियाता नमिल्दा बस्न नसकेको मन्त्री परिषद्को बैठक विहिबार पनि बस्न सकेन । उपप्रधानमन्त्रीको दोश्रो वरियातामा विमलेन्द्र निधि र कमल थापा मध्य को रहने भन्ने विवाद रहि आएके छ ।

मौखिक रुपमा काँग्रेस सभापति शेर बहादुर देउवाले दोश्रो वरियातामा प्रदान गर्ने सहमती भएपछि आफु सरकारमा गएको कमल थापाले दावी गर्दै आएका छन् । तर नेपाली काँग्रेसबाट सरकारको नेतृत्व गरिरहेका उपप्रधान तथा गृहमन्त्री निधि भने आफु नै दोश्रो वरियातामा रहेको दावी नछोडेपछि विवाद छताछुल्ल भएको हो ।

यहि विवादका कारण विगत तीन साता देखि मन्त्री परिषद्को वैठक बस्न सकेको छैन भने प्रधानमन्त्रीको चीन भ्रमणका बेलामा पनि कार्यवाहक तोक्न सकेका थिएनन् ।