Tuesday 21st April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

बैशाख २ पोखरामा कविता कन्सर्ट हुँदै

Wednesday, April 5, 2017 National Power

२३ चैत, पोखरा – कन्सर्ट पव्लिक इभेन्टको आयोजनामा आगामी  गते  पोखरामा कविता कन्सर्ट हुने भएको छ । कविता कन्सेप्टमा अघिल्लो वर्षदेखि सुरु भएको हो ।

बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनले कन्सर्ट बाजेको सेकुवा पार्टी प्यालेस एण्ड रेष्टुरेण्टको सभाहलमा हुने जानकारी दिईएको छ।

पव्लिक इभेन्ट संयोजक सञ्जय मल्लले साहित्यमा क्षेत्रमा  टेवा पुर्‍याउँदै कवितालाई व्यवसायिक रुप दिने उद्देश्यले कन्सर्ट आयोजना गर्न लागिएको बताए । कन्सर्टमा ख्यातिप्राप्त, चर्चित कवि विप्लव पौडेल, उपेन्द्र सुब्बा र मोमिला जोशीले कविता वाचन गर्ने पनि बताए ।

त्यस्तै कार्यक्रम संयोजक उपेन्द्र पौडेलले कन्सर्टमा गायक लोचन भट्टराई, कर्ण दास र इतु जोजिजुले कविता गाएर दर्शकलाई मनोरञ्जन प्रदान गर्ने  बताए ।