Saturday 2nd May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

हलेसीमा रामनवमी आजबाट शुरु दर्शनार्थीको संख्या बढ्यो

Wednesday, April 5, 2017 National Power

२३ चैत, खोटाङ –  धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा रामनवमीको अवसरमा  पूजाआजा गर्ने दर्शनार्थीको भीड लागेको छ । १५ दिनसम्म लाग्ने यो मेला हेर्न र दर्शन गर्न आउने दर्शनार्थीको आज बिहानैदेखि भीड लागेको हो ।

मेलामा नेपालका सबै जिल्ला तथा छिमेकी राष्ट्र बङ्गलादेश, भारत, चीन, दक्षिण कोरियालगायतका हजारौँ दर्शनार्थीको उपस्थिति रहेको छ ।

हलेसीसम्मको सिधा यातायात जोडिएपछि काठमाडौँ, विराटनगर, धरान, जनकपुरधाम, पोखरालगायत  सिधै गाडी रिजर्भ गरेर आउने भत्तजनहरुको संख्यामा वृद्धि भएको छ । मेलालाई व्यवस्थित पार्न ठूलो संख्यामा स्वयम्सेवक परिचालन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले  मेला अवधिभर अप्रिय घटना हुन नदिन सुरक्षाकर्मीको टोली, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरेको जनाएको छ ।

धार्मिक तथा सांस्कृतिकरुपले प्रसिद्ध मानिने तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहेकाले यहाँ आन्तरिक तथा बाह्य पर्यटकका साथै पूजाआजा गर्न भक्तजन आउने गरेका छन् ।

हलेसीमा रामनवमी, शिवरात्रि, हरितालिका तिज, बालाचतुर्दशी,  बोलबमलगायतमा ठूलो मेला लाग्ने गरेको छ ।

यसैबीच, रामनवमीको अवसरमा जिल्लाको पर्यटकीयस्थल हलेसीबाहेक अन्य जिल्लामा पनि  एकदिने मेला लाग्ने गरेको छ ।