Tuesday 21st March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

सप्तरीमा हात्ती अातंक, २ जनाकाे मृत्यु

Tuesday, April 4, 2017 National Power

२२ चैत, सप्तरी – सप्तरीमा जंगली हात्तीको आक्रमणबाट मंगबार दुईजनाको मृत्यु भएको छ । सुनसरीस्थित कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीले सप्तरीको पुरानो सदरमुकाम हनुमाननगर बजार छिरेर आक्रमण गर्दा हनुमाननगर योगिनिमाई नगरपालिकाका रोशन झा र सञ्जय साफीको मृत्यु भएको हो ।

आक्रमणबाट गम्भीर घाइते भएका ३३ बर्षीय झालाई उपचारका लागि धरानको बि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको केहि समयमै मृत्यु भएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ । साफीको पनि उपचारका क्रममा धरानमा मृत्यु भएको हो ।

कार्यालयका प्रमुख, सई भवानी ठाकुरका अनुसार हात्तीले गरेको आक्रमणबाट ५ जना घाइते भएका छन् ।  यसमध्ये एक जनाको अवस्था गम्भीर छ ।

घाइते हुनेहरुमा हनुमाननगरका कालीचरण दास, नविना खातुन, संगीत साह, बसन्त मण्डल र ईर्साद अली रहेका छन् । घाइतेहरुको गजेन्ऽनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचार भइरहेको छ ।