Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

सप्तरीमा हात्ती अातंक, २ जनाकाे मृत्यु

Tuesday, April 4, 2017 National Power

२२ चैत, सप्तरी – सप्तरीमा जंगली हात्तीको आक्रमणबाट मंगबार दुईजनाको मृत्यु भएको छ । सुनसरीस्थित कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीले सप्तरीको पुरानो सदरमुकाम हनुमाननगर बजार छिरेर आक्रमण गर्दा हनुमाननगर योगिनिमाई नगरपालिकाका रोशन झा र सञ्जय साफीको मृत्यु भएको हो ।

आक्रमणबाट गम्भीर घाइते भएका ३३ बर्षीय झालाई उपचारका लागि धरानको बि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको केहि समयमै मृत्यु भएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ । साफीको पनि उपचारका क्रममा धरानमा मृत्यु भएको हो ।

कार्यालयका प्रमुख, सई भवानी ठाकुरका अनुसार हात्तीले गरेको आक्रमणबाट ५ जना घाइते भएका छन् ।  यसमध्ये एक जनाको अवस्था गम्भीर छ ।

घाइते हुनेहरुमा हनुमाननगरका कालीचरण दास, नविना खातुन, संगीत साह, बसन्त मण्डल र ईर्साद अली रहेका छन् । घाइतेहरुको गजेन्ऽनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचार भइरहेको छ ।