Saturday 25th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

उपत्यकामा विद्यार्थीको रहस्यमय मृत्यु

Monday, April 3, 2017 National Power

२१ चैत, काठमाडौँ – पाँच दिनपछि राजधानीको एक कलेजमा अध्ययनरत विद्यार्थीको मृत्यु भएको तथ्य खुलेको छ ।

गोठाटारस्थित मदन–आश्रित मेमोरियल टेक्निकल कलेजमा डिप्लोमा इन होटेल म्यानेजमेन्ट तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी सुरज चौहानको शव पानीट्यांकीभित्र भेटिएको हो, प्रहरीले आत्महत्या वा भवितव्य मृत्यु भएको नयाँ प्रारम्भिक अनुसन्धानमा  आशंका गरेको छ । रामेछाप फुलासी घर भएका चौहान काठमाडौंंको सोह्रखुट्टेमा बस्दै आएका थिए । मृतकका आफन्तले  हत्या भएको आशंका गर्दै प्रहरीले राम्रोसँग अनुसन्धान नगरेको आरोप लगाएका छन् ।
साथीको डेरामा गएका सुरज नजिकै रहेको पानीट्यांकीमा मृत अवस्थामा भेटिएका हुन् ।सुरजको मृत्यु भएको पाँच दिनपछि घटना बाहिर आएको हो । उनको १५ चैतमै मृत्यु भएको र शव १७ गते फेला परेको प्रहरीले जनाएको छ । यसअघि आठ कक्षामा अध्ययनरत विद्यार्थी कुन्दन थापामगरले सामाखुसीस्थित प्रहरी स्कुलमै आत्महत्याु गरेका थिए  ।