Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

मिलको पट्टाले बेरेर एक महिलाको मृत्यु

Friday, March 31, 2017 National Power

१८ चैत, खोटाङ – कुटानी पिसानी मिलको पट्टाले बेरेर खोटाङमा एक महिलाको मृत्यु भएको छ।

प्रहरीले बिहीबार अपरान्ह जालपाका गणेश राईको मिलमा मकै र कोदो पिस्न पुगेकी सोही ठाउँकी ४६ वर्षीय विनाकुमारी श्रेष्ठको मृत्यु भएको बताएको छ।

जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नबिनकिशोर प्रधानले गलामा ओढेको सल मिलको पट्टामा बेरिएपछि लतारिएकी श्रेष्ठको घट्नास्थलमै मृत्यु भएको बताए।