Tuesday 15th July 2025

    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.

मिलको पट्टाले बेरेर एक महिलाको मृत्यु

Friday, March 31, 2017 National Power

१८ चैत, खोटाङ – कुटानी पिसानी मिलको पट्टाले बेरेर खोटाङमा एक महिलाको मृत्यु भएको छ।

प्रहरीले बिहीबार अपरान्ह जालपाका गणेश राईको मिलमा मकै र कोदो पिस्न पुगेकी सोही ठाउँकी ४६ वर्षीय विनाकुमारी श्रेष्ठको मृत्यु भएको बताएको छ।

जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नबिनकिशोर प्रधानले गलामा ओढेको सल मिलको पट्टामा बेरिएपछि लतारिएकी श्रेष्ठको घट्नास्थलमै मृत्यु भएको बताए।