Sunday 26th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

चुनावी  भाषण गर्दा पाँचजना शिक्षकको जागिर गयो, १३ जना कारवाहीमा

Friday, March 31, 2017 National Power

१८ चैत, गुल्मी – गुल्मीका सामुदायिक विद्यालयका ५ शिक्षकको चुनावी कार्यक्रममा भाषण गरेका कारण जागिर गएको छ।

जिल्लामा चुनावी कार्यक्रममा भाषण गरेका कारण १३ जना शिक्षकहरुलाई कारबाही गरिएको छ भने  ५ जना शिक्षकलाई जागिरबाटै निकाल्न परेको गुल्मीका जिशिअ मित्रमणि खनालले जानकारी दिए । शिक्षकहरुले जनताको करबाट तलब खाने चुनावी सभामा भाषण छाँट्दै विद्यार्थीहरुको पढाइमा बाधा पुर्‍याए विद्यार्थी संगठन र जनस्तरबाट समेत दबाब दिइनुपर्ने अनेरास्ववियु गुल्मीका संयोजक राजेन्द्रविक्रम कुँवरले बताए। यो विषयलाई जोडका साथ उठाउन सञ्चार माध्यमलाई आग्रह गर्दै आफ्नो संगठनको साथ रहने उनले बताए।

निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै गुल्मीका केही शिक्षकहरु आ–आफ्नो राजनीतिक दलको चुनावी प्रचार अभियानमा पुगेर भाषण गरिरहेको सम्बन्धमा जिल्ला शिक्षा कार्यालयको ध्यानाकर्षण भएको जनाइएको छ। शिक्षकहरुलाई राजनीति गर्ने भए जागिर छोड्न निर्देशन दिएपछि राजनीतिक दलहरुबाट आफूलाई ठूलो दबाब आएको समेत जिशिअ खनालले दुखेसो गरे। सरकारी शिक्षकहरुले भाषण गरेको स–प्रमणसहित सम्बन्धित विषयविरुद्ध उजुरी परे कारबाही गरिने जिल्ला शिक्षा अधिकारी खनालले बताए।