Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

२०२६ को विश्वकपमा प्लेअफ छनौटबाट २ राष्ट्र छानौट हुुने

Friday, March 31, 2017 National Power

१८ चैत – फिफाले सार्वजनिक गरेको विज्ञप्तीमा सन् २०२६ मा हुने विश्वकप फुटवलमा ६ देशबिच प्लेअफ प्रतियोगिता गराएर उत्कृष्ट दुई राष्ट्रलाई ४८ देशभित्र स्थान दिने प्रस्ताव अघिबढाएको छ ।

फिफाको जनवरीमा बसेको बैठकले विश्कपमा सहभागी हुँदै आएका ३२ देशबाट बढाएर ४८ देश बनाएको हो । उक्त विश्वकपमा महादेशलाई कति कोटा दिने भन्ने अझै टुँगो लागेको छैन् ।

उता एसिया महादेशबाट ४ र ५ देश सहभागी हुँदै आएकोमा बढाएर ८ पु¥याउनु पर्ने र युरोपबाट १३ देश सहभागी हुँदै आएको अब १६ हुनु पर्ने प्रस्ताव अघि सारेका छन् ।

ओसियानाबाट १ देश सहभागी हुनुपर्ने र दक्षिण अमेरिकाबाट ४ देश सहभागी हुँदै आएकोमा ६ हुनु पर्ने प्रस्ताव अघि सारेका छन् ।

त्यस्तै उत्तर–मध्य अमेरिका तथा क्यारेबियनबाट ३ र ४ देश सहभागी हुँदै आएको अब ६ हुनु पर्ने र अफ्रिका महादेशबाट ५ देश सहभागी हुँदै आएकोमा त्यसलाई बढाएर ९ देश हुनु पर्ने माग गरेको छन्।
फिफाको बैठकले यो प्रस्तावमाथि आउँदो मे ९ तारिखमा बस्ने बैठकलमा छलफल गरी टुंगो लगाउने जाकारी दिएको छ।