Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

२०२६ को विश्वकपमा प्लेअफ छनौटबाट २ राष्ट्र छानौट हुुने

Friday, March 31, 2017 National Power

१८ चैत – फिफाले सार्वजनिक गरेको विज्ञप्तीमा सन् २०२६ मा हुने विश्वकप फुटवलमा ६ देशबिच प्लेअफ प्रतियोगिता गराएर उत्कृष्ट दुई राष्ट्रलाई ४८ देशभित्र स्थान दिने प्रस्ताव अघिबढाएको छ ।

फिफाको जनवरीमा बसेको बैठकले विश्कपमा सहभागी हुँदै आएका ३२ देशबाट बढाएर ४८ देश बनाएको हो । उक्त विश्वकपमा महादेशलाई कति कोटा दिने भन्ने अझै टुँगो लागेको छैन् ।

उता एसिया महादेशबाट ४ र ५ देश सहभागी हुँदै आएकोमा बढाएर ८ पु¥याउनु पर्ने र युरोपबाट १३ देश सहभागी हुँदै आएको अब १६ हुनु पर्ने प्रस्ताव अघि सारेका छन् ।

ओसियानाबाट १ देश सहभागी हुनुपर्ने र दक्षिण अमेरिकाबाट ४ देश सहभागी हुँदै आएकोमा ६ हुनु पर्ने प्रस्ताव अघि सारेका छन् ।

त्यस्तै उत्तर–मध्य अमेरिका तथा क्यारेबियनबाट ३ र ४ देश सहभागी हुँदै आएको अब ६ हुनु पर्ने र अफ्रिका महादेशबाट ५ देश सहभागी हुँदै आएकोमा त्यसलाई बढाएर ९ देश हुनु पर्ने माग गरेको छन्।
फिफाको बैठकले यो प्रस्तावमाथि आउँदो मे ९ तारिखमा बस्ने बैठकलमा छलफल गरी टुंगो लगाउने जाकारी दिएको छ।