Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

खेती योग्य जमिन कम भएपनि रोजगारीका कारण खाद्य सुरक्षित

Thursday, March 30, 2017 National Power

१७ चैत, रसुवा – रसुवाका ७० प्रतिशत घरधुरीमा कृषि उत्पादन, व्यापार व्यवसाय, पर्यटन र रोजगारीका कारण खाद्य सुरक्षित रहेका छन् । तर पनि जिल्लामा खेती योग्य जमिन ८ प्रतिशत मात्र भएकाले अन्य जिल्लाबाट खाद्यान्न ल्याउनु परेको छ ।

अघिल्लो वर्षको तुलनामा धान ८ प्रतिशत मकै २० प्रतिशत, आलु १५ प्रतिशतले बृद्धि भएको, १२ हजार किलो जडिबुटी उत्पादन, १८ करोड भन्दा बढी रेमिट्यान्स भित्रिएको तथा आन्तरिक तथा बाह्य पर्यटक बढेकाले खाद्य सुरक्षित भएको जिल्ला कृषि विकास कार्यालय रसुवाले जनाएको छ ।

वरिष्ठ कृषि विकास अधिकृत रमेश हुमागाईंले २०७२ वैशाख १२ गते गएको भूकम्पका कारण जिल्लाको राम्चे, लाङटाङ, डाँडागाउँ र हाकुका केही क्षेत्र खाद्य सुरक्षाका हिसाबले जोखिमपूर्ण रहेको बताए ।