Saturday 20th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

खेती योग्य जमिन कम भएपनि रोजगारीका कारण खाद्य सुरक्षित

Thursday, March 30, 2017 National Power

१७ चैत, रसुवा – रसुवाका ७० प्रतिशत घरधुरीमा कृषि उत्पादन, व्यापार व्यवसाय, पर्यटन र रोजगारीका कारण खाद्य सुरक्षित रहेका छन् । तर पनि जिल्लामा खेती योग्य जमिन ८ प्रतिशत मात्र भएकाले अन्य जिल्लाबाट खाद्यान्न ल्याउनु परेको छ ।

अघिल्लो वर्षको तुलनामा धान ८ प्रतिशत मकै २० प्रतिशत, आलु १५ प्रतिशतले बृद्धि भएको, १२ हजार किलो जडिबुटी उत्पादन, १८ करोड भन्दा बढी रेमिट्यान्स भित्रिएको तथा आन्तरिक तथा बाह्य पर्यटक बढेकाले खाद्य सुरक्षित भएको जिल्ला कृषि विकास कार्यालय रसुवाले जनाएको छ ।

वरिष्ठ कृषि विकास अधिकृत रमेश हुमागाईंले २०७२ वैशाख १२ गते गएको भूकम्पका कारण जिल्लाको राम्चे, लाङटाङ, डाँडागाउँ र हाकुका केही क्षेत्र खाद्य सुरक्षाका हिसाबले जोखिमपूर्ण रहेको बताए ।