Friday 12th August 2022

    गायिका शोभा क्षेत्री को तिज गीत नाँचिदेउ पातली सार्वजनिक ( भिडियो सहित )    कतार प्रहरीको आकर्षक रोजगारी फेरि विवादमा, अवसर नगुमाऊन सरोकारवाला निकायलाई आग्रह    साङ्ला बालकुमारी मा.विको व्यवस्थापन समितिको अध्यक्षमा थापा चयन    श्रीमान भारतबाट फर्केको रात पत्नी र दुई नाबालकको शंकास्पद मृत्यु    विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा सानुकाजी थापा चयन 

गाडी दुर्घटना हुदा सहचालकको मृत्यु

Thursday, March 30, 2017 National Power

१७ चैत्र, इलाम – इलामको मेची राजमार्गअन्तर्गत गोदक सडक खण्डमा बुधबार भएको सवारी दुर्घटनामा सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

राजमार्गमा गुडिरहेको गाडी एक्कासी भित्तामा ठोक्किएर भएको दुर्घटनामा सहचालक २० वर्षीय रञ्जित सुब्बाको मृत्यु भएको हो। काठमाडौँबाट उत्तरपुस्तिका लिएर जिल्ला शिक्षा कार्यालय इलाममा जाँदै गरेको ना १ क ४००९ नंको मिनीट्रक दुर्घटना भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।