१७ चैत, काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय राजदूत मन्जिव शिंह पुरीबीच आज शिष्टाचार भेट भएको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा आज बिहान भएको भेटमा प्रधानमन्त्रीले नवनियुक्त राजदूत पुरीलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै नेपाल बसाई सुखमय रहोस् भन्ने शुभकामना दिए। प्रधानमन्त्रीले नेपाल र भारतबीच निकटको सम्वन्ध रहँदै आएको बताउँदै राजदूत पुरीको कार्यकालमा सम्वन्ध अझ प्रगाढ रहने विश्वास व्यक्त गरे।नेपालमा रहेर काम गर्ने मौका पाएकोमा राजदूत पुरीले खुशी व्यक्त गर्दै दुई देशको आपसी हित र सम्बन्ध विकासमा आफ्नो भुमिका रहने बताए।