Sunday 26th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

बालबालिकाको अधिकार सुनिश्चित गर्न सर्वेक्षण सुरु

Thursday, March 30, 2017 National Power

१७ चैत, चितवन – भरतपुर महानगरपालिकामा बालबालिकाको सर्वेक्षण सुरु भएको छ। महानगरभित्र बालबालिकाको अवस्था पत्ता लगाई उनीहरूको अधिकार सुनिश्चित गर्न भन्दै बालबालिकाको सर्वेक्षण थालिएको सामाजिक विकास अधिकृत तुलसीप्रसाद श्रेष्ठले जानकारी दिए। भरतपुर उपमहानगरपालिकाको २९ वडालाई केन्द्रित गरेर अध्ययन थालिएको श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार अध्ययन करिब २ महिनामा पूरा हुनेछ भने सर्वेक्षणका लागि एक सय २० जना गणक र २९ जना सुपरिवेक्षकहरु घरघरमा परिचालन गरिएको उनले बताए। यो क्षेत्रका ७० हजार घरमा पुगेर बालबालिकाको अवस्था, खोप लगाए् नलगाएको र बालश्रमको अवस्था गरेर तीन वटा कार्यक्रम एकैचोटी गर्ने गरी अध्ययन थालिएको छ। उनका अनुसार वि.सं २०७५ सम्ममा भरतपुरलाई बालमैत्री घोषणाका लागि यसरी अध्ययन थालिएको बताए। यहाँ बालमैत्री स्थानिय शासन अभियान लागु भएको छ। उक्त अभियानमा ४१ वटा सूचक पार गर्नुपर्छ। ‘कुनकुन सूचक पुरा नभएको हो, अध्ययनपछि सबै जानकारी आउने, र त्यसपछि कार्यक्रम गरेर सूचक पुरा गरेपछि घोषणा हुने’, उनले बताए।