Sunday 2nd April 2023

    तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्डका उत्कृष्ट पाँच सार्वजनिक    नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइ    ‘रेमिटान्सबाट देश चल्नु भनेको अरुको भरमा पर्नु हो' :वस्तुगत उपाध्यक्षका प्रत्याशी ढकाल    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग

अनेरास्ववियुको प्यानल विजयी आरआर क्याम्पसमा

Wednesday, March 29, 2017 National Power

१६ चैत्र, काठमाडौं – काठमाण्डौमा स्ववियु निर्वाचन एमाले भ्रातृसंगठन अनेरास्ववियु प्यानल   रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर)को विजयी भएको छ । माओबादी केन्द्रको अखिल क्रान्तिकारी सहित विभिन्न विद्यार्थी संगठनको बिरोधकाबीच मंगलबार भएको निर्वाचनमा अनेरास्ववियुका तपेन्द्रबहादुर शाही ६ सय ९९ मत सहित निर्वाचित भएका हुन् उनका प्रतिद्धन्दी कांग्रेस निकट नेपाल विद्यार्थी संघका उत्तम साउदले ३ सय ६७ मत प्राप्त गरेका छन् । स्थापनाकालदेखी नै आरआर क्याम्पसमा जित्दै आएको अनेरास्ववियूका नारायण शर्मा सचिव र संगमप्रसाद देवकोटा कोषाध्यक्षमा निर्वाचित भएकाछन । सदस्यमा दिनेश बजगाई, सुजिता धिताल, जनक शाही, श्यामबहादुर विक, उर्वशी सिंह नेपाली, दीपक खतिवडा र मदन भण्डारी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा कुल १ हजार २ सय ७६ मत खसेको थियो ।