Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

निर्धारित समयमै निर्वाचन हुने:विमलेन्द्र निधि

Monday, March 27, 2017 National Power

 

 

 

 

 

 

 

 

 

 

 

१४ चैत, काठमण्डौँ  – उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले निर्धारित समयमै मोर्चासहितको सहभागितामा निर्वाचन हुने बताएका छन्। सोमबार विराटनगर विमानस्थलमा प्रेस युनियन मोरङद्वारा आयोजित पत्रकार भेटघाटमा उनले एकै चरणमा मुलुकभर निर्वाचन सम्पन्न हुने बताए।

मोर्चालाई सहमति गराएरै निर्वाचनमा जाने भन्दै उनले निर्वाचनका विषयमा अनावश्यक शंका नगर्न आग्रह समेत गरे। मोर्चासँग छलफल जारी रहेको र सीमांकनको समस्यालाई स्थगित गरेरै भए पनि सहमति खोजिने बताएका छन्।

समस्या अहिले समाधान गर्ने वा सीमाङ्कनका लागि अधिकार सम्पन्न आयोग गठन गरेर निर्वाचनमा जाने विषयमा छलफल भइरहेको बताउँदै उनले आयोग गठनका सन्दर्भमा मोर्चा सकारात्मक देखिएकाले सहमति हुने वातावरण बनेको बताए।