Tuesday 15th July 2025

    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.

निर्धारित समयमै निर्वाचन हुने:विमलेन्द्र निधि

Monday, March 27, 2017 National Power

 

 

 

 

 

 

 

 

 

 

 

१४ चैत, काठमण्डौँ  – उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले निर्धारित समयमै मोर्चासहितको सहभागितामा निर्वाचन हुने बताएका छन्। सोमबार विराटनगर विमानस्थलमा प्रेस युनियन मोरङद्वारा आयोजित पत्रकार भेटघाटमा उनले एकै चरणमा मुलुकभर निर्वाचन सम्पन्न हुने बताए।

मोर्चालाई सहमति गराएरै निर्वाचनमा जाने भन्दै उनले निर्वाचनका विषयमा अनावश्यक शंका नगर्न आग्रह समेत गरे। मोर्चासँग छलफल जारी रहेको र सीमांकनको समस्यालाई स्थगित गरेरै भए पनि सहमति खोजिने बताएका छन्।

समस्या अहिले समाधान गर्ने वा सीमाङ्कनका लागि अधिकार सम्पन्न आयोग गठन गरेर निर्वाचनमा जाने विषयमा छलफल भइरहेको बताउँदै उनले आयोग गठनका सन्दर्भमा मोर्चा सकारात्मक देखिएकाले सहमति हुने वातावरण बनेको बताए।