Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

बसले मोटरसाइकललाई ठक्करदिदा एकको मृत्यु, दुई गम्भीर घाइते

Monday, March 27, 2017 National Power

 


१४ चैत, चितवन –  पूर्वी राजमार्गमा चितवनको खैरहनीस्थित बाबा ग्यास नजिकैबसको ठक्करबाट एक जनाको मृत्यु र दुई जना गम्भीर घाइते भएका छन् ।

सोमबारराति करिब १२ बजेको समयमा पूर्वबाट पश्चिम जान आउँदै गरेको बा ५ ख ८९६१ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको बा ७५ प ९४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले दुर्घटनामा परी मोटरसाइकलमा सवार तीन जनामध्ये एक जनाको राति नै उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जनाएको छ । भने उनको अहिलेसम्म पहिचान खुलेको छैन । घाइते भएका दुई जनाको अहिले सोही कलेजमा उपचार भइरहेको छ ।
घाइतेमध्ये एकजना रत्ननगर नगरपालिका–४ का १९ वर्षीय जोसेफ दराई रहेको र अर्का घाइतेको पनि पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।