Tuesday 7th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

गायन र आर.जे. मेरो बाल्यकाल देखिको प्यासन हो त्यसैले यो क्षेत्र तिर लागे

Sunday, March 26, 2017 National Power

बिगत ७ बर्ष देखि कार्यक्रम प्रस्तोता र गायन क्षेत्रमा लाग्नु भएका सुदुपश्चिम धनगढीका सागर पेशाले डेन्टल क्षेत्रमा आबद्ध हुनुहुन्छ । आफु सुदुर्पश्चिमको हुनुमा गर्ब गर्ने सागरको चर्चा एकदमै छ । उसो त सागरलाई पछिलो पट्क सुदुर्पश्चिमका तार्रा भनेर पनि उनलाइ चिन्दछन धेरैले । सागर भन्छन् सिक्न र गर्न धेरै छ आशा छ सबै श्रोता दर्शकहरुले साथ दिनु हुनेछ। सागरसँग पावर न्युज राष्ट्रिय दैनिक पत्रिकाको अनलाइन संस्करण नेशनल पावर न्युज डटकमका लागि  पार्वती साउदले लिनुभएको अन्तवार्ता ।


१.आराम हुनुहुन्छ ?
हजुर आरामै छु ।

२.हिजोआज कत्तिको व्यस्त हुनुहुन्छ ?
व्यस्त नै छु दिनहुँ अफिस र अन्य कार्यक्रममा ।

३.तपाई आफुले आफुलाई चिनाउँदा कसरी चिनाउनु हुन्छ ?
आफुलाई चिनाउँदा कार्यक्रम प्रस्तोता भनी चिनाउछु, र अहिले गायन तिर पनि पाइला चलाउदै छु ।

४. तपाई त सन्चार क्षेत्रको मान्छे एकाएक गायन क्षेत्रमा किन र कसरी आकर्षिक हुनुभयो ?

गायन र आर्जे मेरो बाल्यकाल देखिको प्यास हो त्यसैले यो क्षेत्र तिर लागे ।म्युजिक त स्कुल कलेज मा पढ्दा खेरी पनि बिभिन्न गायन कार्यक्रम मा भाग लिन्थे पछी आएर म्युजिक क्लास पनि लिदै गए अनि ब्याण्ड नै स्थापित गरेर बिभिन्न कन्सर्ट्, कार्यक्रम हरु गरियो ।अहिले पनि निरन्तर बिभिन्न कार्यक्रममा लागिरहेको छु ।

५.मिडियाले तपाईलाई सुदूरपश्चिमको तारा सागर जोशी भनेर चिन्दा कस्तो महशुस गर्नुहुन्छ?
एकदमै खुसी लाग्छ जसरी पछिल्लो पटक सुदूरपश्चिमको एकदमै सहयोग, माया पाईरहेको छु गर्व लाग्छ ।सुदूरपश्चिमको प्रतिनिधित्व गर्न पाउदा र सुदूरपश्चिमेली भन्न पाउदा ।

६.अहिलेसम्म कति ठाउमा आफ्नो प्रस्तुती प्रश्तुत गर्नुभयो ?
अहिलेसम्म धेरै कनसर्ट कार्यक्रमहरु गरियो गीत पनि गाए अनि कार्यक्रम प्रस्तोता भएर लगभग दुई तीन सय जति ।

७.कस्तो खालको गीता गाउन मन पराउनुहुन्छ ?
प्राय मलाई आधुनिक,पप गीत बढी मन पर्छ ।

८ .तपाइको आगामी दिनमा के छ योजना?
अबको योजना त्यही गीत रेकर्डको तयारीमा छु । अहिले एउटा स्वदेश गीत compose भइसकेको छ रमेश सानु ओझाको रचनामा “मेरो प्यारो देश” नामक देशभक्ती गीतको तयारीमा छु ।
९.घरबाट सबभन्दा बढी सहयोग कस्को पाउनुभयो ?
घरबाट सबैको सहयोग प्राप्त मात्रामा छ एकदमै सहयोग भने दाजुको र मम्मीको छ ।

१० .तपाई साहित्यिक पुस्तकहरु कत्तिको पढ्नुहुन्छ ?
साहित्यमा मेरो एकदमै रुची छ बजारमा आएको साहित्य सम्बन्धिका नयाँ पुस्तक केही छन भने समय मिले सम्म ल्याएर पढ्छु ।

११.अन्त्यमा
सबै जनालाई धन्यवाद दिन चाहन्छु न्यानो माया अनि साथको लागी यसरी नै सहयोग गरिदिनुहोला र अब मेरो आउन लागेको गीत सुनिदिनुहोला भन्न चाहन्छु ।