Monday 13th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

भारतसंग सय मेगावाट विद्युत्  उवलब्ध गराउन अनुरोध

Friday, March 24, 2017 National Power


११ चैत्र, नयाँ दिल्ली  –  फागुनको दोस्रो साता नै निर्माण सम्पन्न भएको कुशहा-कटैया र परवानी-रक्यौल विद्युत् प्रसारण लाइनबाट सय मेगावाट विद्युत् दिन नेपालले भारतलाई आग्रह गरेको छ ।
सरकारी अधिकारीहरुले प्रसारण लाइन बनेलगत्तै तत्काल विद्युत् आयात गर्न सकिने भए पनि भारतीय पक्षले ढिलाई गरिरहेको बताएका छन् ।नेपाल विद्युत प्राधिकरणले सोही विद्युत् आयात भएमा देशका प्रमुख सहरहरु लोडसेडिङ मुक्त हुने बताए ।

भारतीय उर्जामन्त्री पियुष गोयललाई भारतका लागि नेपाली राजदूत दीपमकुमार उपाध्यायको नेतृत्वको टिमले भेटेर सो प्रक्रियालाई सकेसम्म छिटो पूरा गरिदिन आग्रह गरेका छन् । उक्त बैठकमा नेपाल विद्युत् प्राधिकरण र भारतको विद्युत् व्यापार निगमको बीचमा सकेसम्म छिटो बेठक आयोजना गरेर विषयलाई टुंगो लगाउने सहमति भएको छ ।

यो प्रक्रियालाई छिटो सम्पन्न गर्नका लागि भारतीय उर्जामन्त्री पियुष गोयलले सम्बन्धित अधिकारीहरुलाई सकेसम्म छिटो निर्देशन दिने बताए । भारतीय उर्जामन्त्री पियुष गोयलले दुई दसक अगाडि भारतमा पनि बिजुलीको अभाव भएका कारण नेपालले महँगो दरमा किन्नु परेको तर अहिले सस्तो भएकाले मूल्यमा समायोजना गर्न उपाध्यायले भारतीय पक्षलाई आग्रह गरेका छन् ।