Sunday 2nd April 2023

    तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्डका उत्कृष्ट पाँच सार्वजनिक    नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइ    ‘रेमिटान्सबाट देश चल्नु भनेको अरुको भरमा पर्नु हो' :वस्तुगत उपाध्यक्षका प्रत्याशी ढकाल    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग

भारतसंग सय मेगावाट विद्युत्  उवलब्ध गराउन अनुरोध

Friday, March 24, 2017 National Power


११ चैत्र, नयाँ दिल्ली  –  फागुनको दोस्रो साता नै निर्माण सम्पन्न भएको कुशहा-कटैया र परवानी-रक्यौल विद्युत् प्रसारण लाइनबाट सय मेगावाट विद्युत् दिन नेपालले भारतलाई आग्रह गरेको छ ।
सरकारी अधिकारीहरुले प्रसारण लाइन बनेलगत्तै तत्काल विद्युत् आयात गर्न सकिने भए पनि भारतीय पक्षले ढिलाई गरिरहेको बताएका छन् ।नेपाल विद्युत प्राधिकरणले सोही विद्युत् आयात भएमा देशका प्रमुख सहरहरु लोडसेडिङ मुक्त हुने बताए ।

भारतीय उर्जामन्त्री पियुष गोयललाई भारतका लागि नेपाली राजदूत दीपमकुमार उपाध्यायको नेतृत्वको टिमले भेटेर सो प्रक्रियालाई सकेसम्म छिटो पूरा गरिदिन आग्रह गरेका छन् । उक्त बैठकमा नेपाल विद्युत् प्राधिकरण र भारतको विद्युत् व्यापार निगमको बीचमा सकेसम्म छिटो बेठक आयोजना गरेर विषयलाई टुंगो लगाउने सहमति भएको छ ।

यो प्रक्रियालाई छिटो सम्पन्न गर्नका लागि भारतीय उर्जामन्त्री पियुष गोयलले सम्बन्धित अधिकारीहरुलाई सकेसम्म छिटो निर्देशन दिने बताए । भारतीय उर्जामन्त्री पियुष गोयलले दुई दसक अगाडि भारतमा पनि बिजुलीको अभाव भएका कारण नेपालले महँगो दरमा किन्नु परेको तर अहिले सस्तो भएकाले मूल्यमा समायोजना गर्न उपाध्यायले भारतीय पक्षलाई आग्रह गरेका छन् ।