Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

बर्दियामा दमकल सेवा सुचारु हुँदा स्थानीयवासी खुसी

Friday, March 24, 2017 National Power

११ चैत,बर्दिया – बर्दियाको राजापुर नगरपालिकामा दमकल सेवा सुरु भएको छ । दमकल सेवा सुरु भएपछि राजापुर र आसपासका क्षेत्रका स्थानीयवासी खुसी भएका छन् ।

नेपाल सरकारबाट प्राप्त ६० लाख अनुदानबाट दमकल खरिद भई आएको राजापुर नगरपालिकाका कार्यकारी अधिकृत भेषराज खनालले जानकारी दिए ।  यो सेवा सञ्चालन भएपछि राजापुर लगायत वरपरका जनतालाई आगलागीबाट हुने नोक्सान तथा ठूलो क्षतिबाट बच्न टेवा पुर्याउने उनले बताए ।

उनले  नेपाल प्रहरी, सशस्त्र प्रहरीको आवश्यक समन्वयबाट सञ्चालन गरिने भएको र आवश्यक जनशक्तिको चाँडै नै व्यवस्थापन मिलाउने भएको बताए ।
राजापुर क्षेत्रमा विगत केलाउने हो भने आगलागीबाट ठूलो क्षति हुने गरेको पाइन्छ भने चैत वैशाखमा हावाहुरीको कारण आगलागी हुने भएको हुँदा राजापुर नगरपालिका स्थापना भएदेखि नै स्थानीयवासीबाट दमकलको माग भइआएको हो।