Saturday 20th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

सहिद गोविन्द गौतमको परिवारलाई ६ लाख सहयोग

Thursday, March 23, 2017 National Power

१० चैत, काठमाडौँ – केही दिन पहिले कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीले हत्या गरेका सहिद गोविन्द गौतमको परिवारलाई नेकपा (माओवादी केन्द्र)ले  रु ६ लाख सहयोग प्रदान गरेको छ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव र केन्द्रीय कार्यालयको निर्णयअनुसार नै आज कञ्चनपुरमा स्थानीय पार्टी नेतृत्वले सहिद गौतमका श्रीमती लक्ष्मी गौतमलाई राहत रकम प्रदान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

माओवादी केन्द्रका नेता एवम् कृषि विकास मन्त्री गौरीशङ्कर चौधरीले केही दिन अघि कञ्चनपुरमा गौतम परिवारलाई राहत रकम प्रदान गर्ने घोषणा गरेका थिए । सरकारले गौतमलाई सहिद घोषणा गरिसकेको छ । पुनर्वासमा कल्भर्ट बनाउने विषयमा सामान्य विवाद हुँदा भारतीय सुरक्षाकर्मीको हातबाट गौतमको हत्या भएको थियो । सरकारका तर्फबाट रु १० लाख राहत रकम दिइसकिएको छ ।