Saturday 2nd May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

सहिद गोविन्द गौतमको परिवारलाई ६ लाख सहयोग

Thursday, March 23, 2017 National Power

१० चैत, काठमाडौँ – केही दिन पहिले कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीले हत्या गरेका सहिद गोविन्द गौतमको परिवारलाई नेकपा (माओवादी केन्द्र)ले  रु ६ लाख सहयोग प्रदान गरेको छ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव र केन्द्रीय कार्यालयको निर्णयअनुसार नै आज कञ्चनपुरमा स्थानीय पार्टी नेतृत्वले सहिद गौतमका श्रीमती लक्ष्मी गौतमलाई राहत रकम प्रदान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

माओवादी केन्द्रका नेता एवम् कृषि विकास मन्त्री गौरीशङ्कर चौधरीले केही दिन अघि कञ्चनपुरमा गौतम परिवारलाई राहत रकम प्रदान गर्ने घोषणा गरेका थिए । सरकारले गौतमलाई सहिद घोषणा गरिसकेको छ । पुनर्वासमा कल्भर्ट बनाउने विषयमा सामान्य विवाद हुँदा भारतीय सुरक्षाकर्मीको हातबाट गौतमको हत्या भएको थियो । सरकारका तर्फबाट रु १० लाख राहत रकम दिइसकिएको छ ।