Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

जुम्लामा धमाधम गाउँपालिकाको उदघाटन

Thursday, March 23, 2017 National Power

१० चैत, जुम्ला – जुम्लाको गोठीचौर गाउँपालिकाको उद्घाटन भइरहँदा सरकार गाउँमै पुगेको अनुभुतिले गज्र्याङकोट गाउँ विकास समितिका धर्मराज बुढा खुसि थिए । स्थानीय तहको प्रशासनिक केन्द्र गाउँपालिका र यसको अधिकारको बारेमा धेरैले बताईरहँदा  स्थानियलाई सरकार गाउँमा आएको महसुस भयो, अब चाहिँ हाम्रा कुरा पनि सुन्ने दिन आउँछ कि जस्तो लाग्यो ।’
गाउँपालिका उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका केशबराज शर्माले बुधबार गाउँपालिकाको उद्घाटन कार्यक्रममा भेला भएका धेरै स्थानीय बासिन्दामा खुशी र उत्साहको सीमा थिएन । हिजोसम्म गर्ज्याङकोट गाउँ विकास समिति अहिले गोठिचौर, गज्र्याङकोट र देपालगाउँ मिसाएर गोठीचौर गाउँपालिका भएको भन्दै खुशी व्यक्त गरे।लामो समयदेखि जनप्रतिनिधी बिहीन गाउँ विकास समिति अब वैशाख ३१ गतेदेखि अधिकार सम्पन्न शक्तिशाली गाउँपालिकामा रुपान्तरित हुने कार्यकारी अधिकृत श्रीबहादुर बिष्टले बताए।
गाउँपालिकाको प्रमुख वा उपप्रमुख मध्ये एकजना उम्मेदवार महिलालाई बनाउनुपर्ने र वडाका अन्य पदमा समेत महिला अनिवार्य हुनुपर्ने प्रावधानले महिलाको प्रतिनिधित्व बढ्ने गज्र्याङकोटकी गोमा गिरीको भनाई थियो ।
बुधबार तातोपानी गाउँपालिकाको उद्घाटनमा भेला भएका नागरिकले गाउँपालिका अधिकार सम्पन्न स्थानीय तह भएकाले सानातिना कामको लागि जिल्ला धाउनुपर्ने बाध्यता हट्ने अपेक्षा गरेका थिए ।जुम्लाको तिला गाउँपालिकाको भने चैत्र ३ गते नै कार्यालय उदघाटन भइसकेको छ ।जुम्लामा ७ गाउँपालिका र १ नगरपालिका कायम गरिएको छ । अहिले धमाधम गाउँपालिकाको उदघाटन भइरहेको छ ।जिल्ला विकास समितिको कार्यालय एकाएक जिल्ला समन्वय समितिमा बदलिनु, गाउँपालिकामा कार्यकारी अधिकृतहरु सहितका कर्मचारी खटिनु तथा गाउँपालिकाकै नामबाट सेवा सुरु हुनुले संघीयता कार्यान्वयनको अनुभूति मिलेको छ ।