Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

घरेलु कामदार किशोरीमाथि बलात्कार

Tuesday, March 21, 2017 National Power


८ चैत्र, काठमाडौं – घरेलु कामदारका रूपमा काम गर्दै आएकी एक १६ वर्षीया किशोरीमाथि घरधनीबाट पटकपटक यौनहिंसाको सिकार भएकी छन् ।
काठमाडौं बानेश्वरको एक सरकारी स्कुलमा कक्षा ९ पढदै गरेकी किशोरीले डेढ वर्षदेखि आफूमाथि बलात्कार भएको भन्दै प्रहरी बृत्त बानेश्वरमा २७ फागुनमा उजुरी गरेपछि घटना बाहिर आएको हो । किशोरीलाई डडेल्धुराका एक व्यक्तिले घरेलु कामदारका रूपमा काठमाडौं ल्याएका थिए ।
घरका सदस्यहरू नभएका बेला बारम्बार आफुमाथी हमला गर्ने गरेको र यौनहिंसाबारे किशोरीले स्कुलका साथीहरूलाई र साथीहरूले विद्यालयका शिक्षकलाई बताएका पछि शिक्षक र साथीहरू सहयोगले किशोरीले प्रहरी वृत्तमा आफुमाथी बलात्कार भएको घरका मालिकविरुद्ध उजुरी दिएकी थिइन् ।
उजुरीलगत्तै बानेश्वर वृत्तका डीएसपी नारायणचिमोरियाले पीडकलाई पक्राउ गरी अनुसन्धान थालेको र अहिले केही बोल्न नमिल्ने । ‘म्याद थप गरी अनुसन्धान भईरहेको छ । केही दिनमा सबै कुरा बाहिर आउने  बताउनु भयो ।’
प्रहरीका अनुसार पीडककी आमाले पढाइदिने र विदेश पठाइदिने भन्दै २ वर्षअघि ती किशोरीलाई काठमाडौं ल्याएकी थिइन् । किशोरी आएको तेस्रो महिनादेखि नै घरमालिकबाट बारम्बार बलत्कार भएको प्रहरीसामु बताएकी छिन् ।
बानेश्वर प्रहरी बृत्तका डीएसपी चिमोरियाले किशोरीको स्वास्थ्य परीक्षण भइसकेको र अनुसन्धान जारी रहेको बताए पनि अनुसन्धान कुन चरणमा पुगेको छ र यसको निष्कर्ष कहिले आउँछ भन्नेबारे केही बताएनन् ।
केन्द्रीय बालकल्याण समितिका बालअधिकार स्रोत व्यक्ति रवि गौतमले बालिका मानसिक रूपमा अत्यन्तै कमजोर रहेको र न्यायको पहलमा केही अवरोध भइरहेको बताए । स्रोतका अनुसार बलात्कारको यो मुद्दा मिलाउन किशोरीको परिवारमाथि ठूलो दबाब छ ।