Tuesday 18th May 2021

    धुलिखेलकाे पात्लेखेतमा काेराेना संक्रमितलाई स्वास्थ सामाग्री वितरण    तीन वटा संस्था मिलेर समाजसेवा गर्दै    हामी छौ तपाईंको सेवामा भन्दै आए बनेपाका युवा    सुवेदीको घाम चर्केको छ बजारमा (भिडियो सहित)    आज नगरे कहिले गर्ने हामीले नगरे कसले गर्ने ; राजन थापा

ट्रकको ठक्करबाट एसईई परीक्षा दिने परीक्षार्थीको मृत्यु

Monday, March 20, 2017 National Power


७ चैत, राजविराज- एसईई परीक्षा दिन गइरहेकी एक परीक्षार्थीको दुर्घटनामा परी आज बिहान मृत्यु भएको छ।

सप्तरीको हनुमाननगर कंकालिनी नपा १ भारदहकी १६ वर्षीया नितु कुमारी ठाकुरको बाटो काट्ने क्रममा ट्रकको ठक्करले मृत्यु भएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रहरी निरीक्षक डिल्ली चौहानले हनुमाननगर कंकालिनी नपा १ भारदहको बिपी माविकी छात्रा ठाकुर साथीहरुसँगै कञ्चनरुप नपा ७ रुपनगरस्थित शंकर माविमा परीक्षा दिन गइरहेको बेलापश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना.१ क ५२०० नम्बरको ट्रकले पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप ७ रुपनगर चोकमा ठक्कर दिएको थियो।ट्रक चालक मोरंगका बाबुराम धिमाललाई कानुनी कारवाहीका लागि नियन्त्रणमा लिइएको जनाइएको छ । ।