Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

एमालेद्धारा सहिद गौतम परिवारलाई पाँच लाख सहयोग

Friday, March 17, 2017 National Power

४ चैत, महेन्द्रनगर –  भारतीय सुरक्षाकर्मीको गोली लागेर कञ्चनपुरको पुनर्वासमा केही दिनअघि ज्यान गुमाएका गोविन्द गौतमको परिवारलाई एमालेले पाँच लाख रुपैयाँ सहयोग गरेको छ ।

पार्टीको मेची–महाकाली अभियानअन्तर्गत बिहीबार महेन्द्रनगरमा आयोजित अन्तिम सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले गौतम परिवारलाई पाँच लाख रुपैयाँ प्रदान गर्ने घोषणा गर्दै पार्टी जिल्ला अध्यक्ष तारा लामा तामाङलाई चेक हस्तान्तरण गरेका हुन् । एमालेले सहिद गौतमका छोराछोरीका लागि एउटा ल्यापटप पनि प्रदान गरेको छ । गौतमका छोराछोरीको पढाइको जिम्मेवारी राज्यले नलिए एमालेले लिनेसमेत ओलीले बताएका छन् ।

नेपाली भूमिमै पसेर भारतीय सुरक्षाकर्मीले गोली हान्नु दुर्भाग्यपूर्ण भन्दै ओलीले भारतले नेपाली जनतासँग तत्काल माफी माग्नुपर्ने बताए । ‘यो घटना हाम्रो स्वाधीनतामाथिको प्रहार हो’, उनले भने, ‘भारतलाई माफी माग्न लगाएर मृतकका परिवारलाई क्षतिपूर्ति दिलाउनुपर्छ ।’ यस विषयमा आफूले प्रधानमन्त्रीसँग गम्भीर छलफल गरेको उनले बताए ।