Tuesday 7th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

कैदीबन्दीले दिए SEE परीक्षा

Thursday, March 16, 2017 National Power

३ चैत्र, काभ्रे- आजबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षामा जिल्लाका ८ हजार ४ सय ४६ परिक्षार्थी सहभागी भएका छन् । जसमा सवारी ज्यान मुद्दाका दिनेश श्रेष्ठ, कर्तव्य ज्यान मुद्दामा कारागार चलान भएका पेमा लामा र सुरेश श्रेष्ठ, अपहरण तथा हातहतियार मुद्दाका वीरबहादुर तामाङ कारागार भित्रबाट नै परीक्षामा सहभागी छन् ।

जिल्ला शिक्षा कार्यलय परिक्षा शाखाका अधिकृत रामबहादुर तामाङका अनुसार जिल्लाका २ सय १६ विद्यालयका विद्यार्थीले ४० परीक्षा केन्द्रमा परीक्षा दिएका हुन् नियमिततर्फ ८ हजार ८० र एक्जाम्टेडतर्फ ३ सय ८६ विद्यार्थी सहभागी भएका छन् ।

सञ्जवनी नमुना माध्यमिक विद्यालयका दृष्टिविहीन प्रवेग तामाङ र सुनिता कार्की र विद्याकुञ्ज अनौपचारिक विद्यालयका ७ जना बहिरा विद्यार्थी श्रीखण्डपुर मावि केन्द्रको परिक्षामा सहभागी भएका छन् ।

चैतन्य माध्यमिक विद्यालयमा दुलालेश्वरमा सरिता चौलागाईं, नगिना कोख श्रेष्ठ, र चण्डेनी माविमा सत्यवती भट्टराई महिला केन्द्राध्यक्षहरुले पहिलो दिनको परिक्षा शान्तीपुर्ण रुपमा सञ्चालन भएको जानकारी दिए छन् ।