Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

कैदीबन्दीले दिए SEE परीक्षा

Thursday, March 16, 2017 National Power

३ चैत्र, काभ्रे- आजबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षामा जिल्लाका ८ हजार ४ सय ४६ परिक्षार्थी सहभागी भएका छन् । जसमा सवारी ज्यान मुद्दाका दिनेश श्रेष्ठ, कर्तव्य ज्यान मुद्दामा कारागार चलान भएका पेमा लामा र सुरेश श्रेष्ठ, अपहरण तथा हातहतियार मुद्दाका वीरबहादुर तामाङ कारागार भित्रबाट नै परीक्षामा सहभागी छन् ।

जिल्ला शिक्षा कार्यलय परिक्षा शाखाका अधिकृत रामबहादुर तामाङका अनुसार जिल्लाका २ सय १६ विद्यालयका विद्यार्थीले ४० परीक्षा केन्द्रमा परीक्षा दिएका हुन् नियमिततर्फ ८ हजार ८० र एक्जाम्टेडतर्फ ३ सय ८६ विद्यार्थी सहभागी भएका छन् ।

सञ्जवनी नमुना माध्यमिक विद्यालयका दृष्टिविहीन प्रवेग तामाङ र सुनिता कार्की र विद्याकुञ्ज अनौपचारिक विद्यालयका ७ जना बहिरा विद्यार्थी श्रीखण्डपुर मावि केन्द्रको परिक्षामा सहभागी भएका छन् ।

चैतन्य माध्यमिक विद्यालयमा दुलालेश्वरमा सरिता चौलागाईं, नगिना कोख श्रेष्ठ, र चण्डेनी माविमा सत्यवती भट्टराई महिला केन्द्राध्यक्षहरुले पहिलो दिनको परिक्षा शान्तीपुर्ण रुपमा सञ्चालन भएको जानकारी दिए छन् ।