Thursday 23rd April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

देशभर एसइई परीक्षा सुरु कुल पाँच लाख ३८ हजार एकसय ८२ परीक्षार्थी सहभागी

Thursday, March 16, 2017 National Power

३ चैत, काठमाण्डौँ – देशभर एकैसाथ एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसइई)
देशभर एकैसाथ आज अङ्ग्रेजी विषयको परीक्षा शान्तिपूर्ण रुपमा सुरु भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिएका छन् ।

संशोधित शिक्षा ऐनअनुसार १२ कक्षासम्म माध्यमिक शिक्षा कायम भएपछि यस वर्षदेखि लागू भएको १० कक्षाको माध्यमिक शिक्षा परीक्षा (एसइई) शान्तिपूर्ण रुपमा सुरु भएको हो । देशभरबाट परीक्षामा सहभागीको संख्या दुई लाख ५९ हजार सातसय ३२ छात्र र दुई लाख ७८ हजार चारसय ५० छात्रा गरी कुल पाँच लाख ३८ हजार एकसय ८२ परीक्षार्थी सहभागी छन् । परीक्षाका लागि देशभर कुल एक हजार नौसय २३ केन्द्र निर्धारण गरिएको छ ।

त्यसैगरी, एक हजार नौ सय २३ केन्द्राध्यक्ष, दुई हजार ६ सय ४६ सहायक केन्द्राध्यक्ष, २२ हजार चारसय ६१ निरीक्षक, सहयोगी र सुरक्षाकर्मीसहित ६७ हजार पाँचसय ९१ जनशक्ति खटाइएको रेग्मीले जानकारी दिए ।

क्रमश् भोलि चैत ४ गते अनिवार्य नेपाली, ६ गते अनिवार्य गणित, ७ गते अनिवार्य विज्ञान, ८ गते सामाजिक शिक्षा, ९ गते स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण, १० गते ऐच्छिक प्रथम र ११ गते ऐच्छिक द्वितीय विषयको परीक्षा सञ्चालन हुनेछ । परीक्षा साधारणतर्फ चैत ११ गते र प्राविधिकधारतर्फ चैत १४ गते सम्पन्न हुनेछ ।

विगतका वर्षमा एसएलसी परीक्षाका रुपमा लिइँदै आएको यो परीक्षा नयाँ शिक्षा ऐनमा विद्यालय तहको अन्तिम परीक्षा राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षामा सञ्चालन गर्ने उल्लेख गरेपनि तयारी नपुगेको भन्दै यस वर्ष अन्तिम पटकका लागि परीक्षा नियन्त्रण कार्यालयले परीक्षा सञ्चालन गरेको हो । परीक्षा अनुगमनका निम्ति मन्त्रालयले सह–सचिवको नेतृत्वमा १८ वटा अनुगमन टोली खटाएको छ । त्यसैगरी क्षेत्रीय शिक्षा निर्देशनालय र जिल्लाको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समन्वय समितिको अनुगमन टोली पनि खटिएका छन् । परीक्षालाई मर्यादित बनाउन तीन तहका सुरक्षा निकाय तैनाथ गरिएको जनाइएको छ ।