Tuesday 21st March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

मधेसी मोर्चालाई चुनावमा सहभागी हुन फेरि प्रधानमन्त्रीको आग्रह

Wednesday, March 15, 2017 National Power

२ चैत्र, काठमाडौ–प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई सीमांकन बाहेकका संविधान संशोधन गरी चुनावमा जानआग्रह गरेकाछन् ।

बुधबार बिहान मन्त्रीप्रधान र मोर्चा बीच भएको बैठकमा प्रधानमन्त्रीले सीमांकन बाहेकका बुँदा पारित गर्ने र त्यसलाई सहमति जनाएर निर्वाचनमा जान मोर्चालाई आग्रह गरेका हुन् ।
प्रधानमन्त्री दाहालले मोर्चाका नेताहरुलाई सरकारले आगामी वैशाख ३१ गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरिसकेको छ । प्रधानमन्त्री दाहालले मोर्चाका नेताहरुलाई सरकारले दिएको समर्थन फिर्ता नलिन समेत आग्रह गरेका थिए ।

प्रधानमन्त्री दाहालसँग सरकारलाई दिएको समर्थन फिर्ता गर्ने र नगर्ने, आगामी आन्दोलनका कार्यक्रम कसरी अगाडि बढाउने  छलफलका विषयमा मोर्चाको बैठक बस्दैछ । मोर्चाको बैठकका लागि अहिले १ बजे  तमलोपाको कार्यालयमा बोलाइएको थियो ।  संविधान संशोधन प्रस्ताव पारित लगायतका आफ्ना माग पूरा नभए समर्थन फिर्ता लिने बताउँदै मोर्चालेदिएको अल्टिमेटम मंगलबार सकिएको छ ।
सप्तरीमा एमालेको मेची महाकाली अभियानमा अवरोध पुर्‍याउन खोज्ने मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप हुँदा ५ जना प्रदर्शनकारीको ज्यान गएको थियो । सरकारले दमनकारी नीति लिएको र आफ्ना माग पूरा नगरेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने मोर्चाको सात दिनको अल्टिमेटम थियो ।