Monday 6th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

एक पटक फेरी ब्याटिङ्गले डुबायाे

Saturday, March 11, 2017 National Power

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल केन्यासँग  पराजित भएको छ । वर्षाले प्रभावित खेलमा केन्याले डीएल मेथडका आधारमा ९४ रनको लक्ष्य पाएको थियो, जसलाई उसले २४ औं ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।

वर्षाका कारण ३८ ओभरमा छोट्याइएको खेलमा नेपालले ३६ ओभरमा ८ विकेट गुमाएर ११२ रन बनाउँदा पानीले रोकियो ।

डीएल मेथडका आधारमा केन्याले २९ ओभरमा १०४ रनको लक्ष्य पायो ।

वर्षाका कारण ३८ ओभरमा छोट्याइएको खेलमा नेपालले ३६ ओभरमा ८ विकेट गुमाएर ११२ रन बनाउँदा पानीले रोकियो ।

डीएल मेथडका आधारमा केन्याले २९ ओभरमा १०४ रनको लक्ष्य पायो । तर, उसले २१.२ ओभरमा ५ विकेटको क्षतिमा ८० रन बनाउँदा फेरि पानीले खेल रोकियो ।

त्यही अवस्थामा डीएल मेथडका आधारमा केन्या केही रनले जितिसकेको थियो । तर, नेपालले खेल जारी राख्न चाहेपछि केन्याले नयाँ लक्ष्य पायो, २६ ओभरमा ९४ रनको लक्ष्य ।

जसलाई उसले ११ बल बाँकी छादा ५ विकेट गुमाएर भेट्टायो । २५ औं ओभरको पहिलो बलमा कप्तान रकिप पटेलले छक्का हान्दै केन्यालाई जित दिलाए ।

ब्याटिङ्गमा कमजाेरी कायमै, टस हार्नुपनि दुर्भाग्य 

नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र प्रशिक्षक जगत टमाटाले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा केन्यासँग व्यहोरेको ५ विकेटको हारको तीन कारण औंल्याएका छन् ।

शनिबार कीर्तिपुर मैदानमा भएको खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो । खेलपछि कुरा गर्दै प्रशिक्षक र कप्तानले कमजोरी स्वीकार गरे । उनीहरुले साझा रुपैमा तीन कारण औल्याए, वर्षा, टस हार्नु र ब्याटिङमा साझेदारी नहुनु ।

प्रशिक्षक टमाटाका अनुसार नेपालले यदि १६० रन बनाएको भए सहज जित हुने थियो । यो नै टोलीका लक्ष्य थियो । तर, मौसमले साथ दिएन । वर्षाका कारण समयमै खेल सुरु हुन सकेन । पटक पटक खेल पनि अवरुद्ध हुन पुग्यो ।

दोस्रो कारण, टस हार्नु रहृयो । नेपालले टस हार्‍यो र ब्याटिङको निम्तो पायो । यदि टस जितेको भए नेपालले बलिङ गर्ने थियो ।

तेस्रो, कारण ब्याटिङ नचल्नु । नेपालको सबैभन्दा ठूलो स्कोर ज्ञानेन्द्र मल्लको २७ रन रहृयो । डेब्यू गरेका सुनिल धमलाले पनि ओपनिङमा राम्रो गर्न सकेनन् । प्रशिक्षक टमाटाका अनुसार उनले आफूलाई कण्डिसन अनुसार ढाल्न सकेनन् ।

अन्य ब्याट्सम्यानबीच पनि ठूलो साझेदारी हुन सकेन । कम्तिमा २ वटा विकेटका लागि साझेदारी भएको भए नेपालको स्कोर उकासिने थियो ।

डेब्यू गरेका दिपेन्द्र सिंह ऐरीले राम्रो प्रदर्शन गरेको भन्दै कप्तान र कोच दुबैले तारिफ नै गरे ।
अब नेपालले सोमबारको खेलमा जितको लक्ष्य बनाएको प्रशिक्षक टमाटाले बताए ।