Sunday 2nd April 2023

    तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्डका उत्कृष्ट पाँच सार्वजनिक    नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइ    ‘रेमिटान्सबाट देश चल्नु भनेको अरुको भरमा पर्नु हो' :वस्तुगत उपाध्यक्षका प्रत्याशी ढकाल    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग

कैलालीमा भारतीय एसएसवीको समुहले लाठीचार्ज गर्दा समेत नेपाली प्रशासन मौन

Thursday, March 9, 2017 National Power

२६ फागुन, कैलाली – कैलालीको आनन्दबजारमा भारतीय सीमा सुरक्षा बल(एसएसवी)ले घरघरमा पसेर धम्याउन थालेको छ । सीमा क्षेत्रमा कल्भर्ट निर्माणको कारण देखाउँदै एसएसबीले हतियारसहित नेपाल भित्रिएर त्यहाका स्थानीयलाई धम्याउन थालेको हो । हतियारसहित आएको एसएसबीको समूहले बुधबार राति आनन्दबजारका सर्वसाधारण जनतालाई गालीगलौज गर्दै घर छाड्न धम्की समेत दिएको स्थानीयले बताएका छन् ।

एसएसबीले नेपाल प्रहरीकै अगाडी नेपाली पत्रकारलाई फोटो खिचेको आरोपमा घाँटी समाएर फोटो डिलिट गर्न लगाएको छ । कल्भर्ट निर्माण उपभोक्ता समितिका सचिव चन्द्रमणी गैरेलाई अपशब्द प्रयोग गर्दै भारती भूमिमा भेटे कुट्ने धम्कीसमेत दिएको गैरेले बताए ।

नेपाली बजारमा आएर हतियार उठाउँदा समेत नेपाली प्रशासन मौन रहेको भन्दै स्थानीय आक्रोशबनेका छन् । बुधबार राति भारतीय एसएसबीले नेपाली सर्वसाधारणमाथि लाठीचार्ज समेत गरेको छ ।

घटनास्थल पुगेका इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रोशन चन्द यसबारे सशस्त्र प्रहरीले जिम्मा लिनुपर्ने भन्दै पन्छिए भने करिब एक घण्टापछि घटनास्थल पुगेका सशस्त्र प्रहरीका निरीक्षक रामबहादुर खत्रीले समस्या जटिल भएकाले जिल्लाबाट नै सामाधान खोजिनुपर्ने बताए ।