Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

कैलालीमा भारतीय एसएसवीको समुहले लाठीचार्ज गर्दा समेत नेपाली प्रशासन मौन

Thursday, March 9, 2017 National Power

२६ फागुन, कैलाली – कैलालीको आनन्दबजारमा भारतीय सीमा सुरक्षा बल(एसएसवी)ले घरघरमा पसेर धम्याउन थालेको छ । सीमा क्षेत्रमा कल्भर्ट निर्माणको कारण देखाउँदै एसएसबीले हतियारसहित नेपाल भित्रिएर त्यहाका स्थानीयलाई धम्याउन थालेको हो । हतियारसहित आएको एसएसबीको समूहले बुधबार राति आनन्दबजारका सर्वसाधारण जनतालाई गालीगलौज गर्दै घर छाड्न धम्की समेत दिएको स्थानीयले बताएका छन् ।

एसएसबीले नेपाल प्रहरीकै अगाडी नेपाली पत्रकारलाई फोटो खिचेको आरोपमा घाँटी समाएर फोटो डिलिट गर्न लगाएको छ । कल्भर्ट निर्माण उपभोक्ता समितिका सचिव चन्द्रमणी गैरेलाई अपशब्द प्रयोग गर्दै भारती भूमिमा भेटे कुट्ने धम्कीसमेत दिएको गैरेले बताए ।

नेपाली बजारमा आएर हतियार उठाउँदा समेत नेपाली प्रशासन मौन रहेको भन्दै स्थानीय आक्रोशबनेका छन् । बुधबार राति भारतीय एसएसबीले नेपाली सर्वसाधारणमाथि लाठीचार्ज समेत गरेको छ ।

घटनास्थल पुगेका इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रोशन चन्द यसबारे सशस्त्र प्रहरीले जिम्मा लिनुपर्ने भन्दै पन्छिए भने करिब एक घण्टापछि घटनास्थल पुगेका सशस्त्र प्रहरीका निरीक्षक रामबहादुर खत्रीले समस्या जटिल भएकाले जिल्लाबाट नै सामाधान खोजिनुपर्ने बताए ।