Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

सप्तरी घटनाबारे तिनवटा निकायसंग छलफल उपप्रधान एवं गृहमन्त्री निधि

Tuesday, March 7, 2017 National Power

 

 

२४ फागुन, काठमाडौं –  प्रहरी प्रधान कार्यालय नक्सालमा बोलाएर सप्तरी घटनाबारे उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले तीन वटै सुरक्षा प्रमुखबाट जानकारी लिएका छन् ।
निधिले नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका प्रमुख दिलिप रेग्मी, नेपाल प्रहरीको कार्यबिभाग प्रमुख सहित गृहमन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख बालकृष्ण पन्थीसँग छलफल गरेका हुन् ।

करिब डेढ घण्टा लामो छलफलमा उपप्रधान एवं गृहमन्त्री आक्रोशित मुद्रामा प्रस्तुत भएका थिए । उनले भनेका थिए, ‘तपाईँहरु सबै तालिम गरेको भन्नुहुन्छ, आन्दोलनकारीको टाउको र छातीमा मात्रै कसरी गोली लाग्यो । जवाफमा सशस्त्रका आईजीपी र नेपाल प्रहरीका निमित्त प्रमुखले स्थानीय प्रशासनको ऐनमा बसेर नै सोमबार गोली चलाउनु परेको जवाफ दिएका थिए ।

गृहमन्त्री निधिले सोधे, ‘परिस्थिति त्यस्तै परेको भए कम्मर मुनी गोली हान्न सकिँदैनथ्यो । कहिलेकाँही परिस्थितिले तत्काल गोली चलाउनु पर्ने अवस्था आउन सक्ने भन्दै उनीहरुले त्यति बेला गोली जतासुकै लाग्न सक्ने जवाफ दिएका छन् ।

स्थानीय प्रशासन ऐनले आन्दोलन र भीड नियन्त्रण बाहिर गएमा अवस्थालाई नियन्त्रणमा लिन स्थानीय प्रशासनलाई गोली चलाउन आदेश दिन सक्ने अधिकार दिएको छ । र, गोली हान्नैपरेमा कम्मरभन्दा मुनिमात्रै  चलाउन पाइन्छ । गृह मन्त्रालयका प्रवक्ता गोविन्द पन्थीले पनि सुरक्षा निकायबाट परिस्थिति अनुसार गोली चलाउनु पर्ने अवस्था आएको जवाफ दिएको  बताए ।