Monday 20th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

पोखराको फुटबल रंगशाला निर्माणका लागि डिपिआर सम्झौता हुने

Tuesday, March 7, 2017 National Power

२४ फागुन, पोखरा –  फुटबलको बिकल्पको रुपमा रहेको फुटसल खेललाई मर्यादित, व्यवस्थित र विकास गर्न भन्दै कास्कीमा जिल्ला फुटसल संघ गठन भएको छ । बढ्दो शहरीकरणका कारण मैदान अभाव भएसँगै संघ गठन भएको हो ।

जिल्ला खेलकुद विकास समिति कास्कीमा दर्ता संघमध्ये यो ८९ औं खेलकुद संघ हो । राष्ट्रिय खेलकुद परिषदमा नेपाल फुटसल संघ गठन भएपछिको नेपालकै पहिलो शाखा कास्कीमा खोलिएको हो ।

पोखरामा फुटबलमा आवद्ध व्यक्तिहरुको भेलाले सञ्जय लिगलको अध्यक्षतामा संघ गठन गरेको हो । संघको उपाध्यक्षमा सुशील केसी, महासचिवमा प्रदीप घिमिरे, सहसचिवमा धर्मराज पराजुली, कोषाध्यक्षमा जयन्त सिंह छन् । त्यस्तै सदस्यहरुमा प्रकाश पराजुली, मोहन कुवंर, डा. दिवश क्षेत्री, दामोदर बराल, दिपक बास्तोला, उमेश पुन र नवराज कोइराला छन् ।

नवगठित कार्यसमितिको घोषणा कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेलले पोखरालाई खेलकुदको राजधानीको रुपमा स्थापित गर्न सवैको सहयोग आवश्यक रहेको वताए ।

उनले १३औं सागलाई मध्यनजर गर्दै पोखरा रंगशालामा पूर्वाधार विकास लगायतका कार्यहरु सुरु गरिने बताए । उनले पोखराको फुटबल रंगशाला निर्माणका लागि एक दुई दिनमा नै डिपिआर सम्झौता हुने जानकारीसमेत दिए । साथै रंगशालमा भत्किन लागेको गेट र पर्खालको पनि मर्मत गरिने वताए ।