Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

पोखराको फुटबल रंगशाला निर्माणका लागि डिपिआर सम्झौता हुने

Tuesday, March 7, 2017 National Power

२४ फागुन, पोखरा –  फुटबलको बिकल्पको रुपमा रहेको फुटसल खेललाई मर्यादित, व्यवस्थित र विकास गर्न भन्दै कास्कीमा जिल्ला फुटसल संघ गठन भएको छ । बढ्दो शहरीकरणका कारण मैदान अभाव भएसँगै संघ गठन भएको हो ।

जिल्ला खेलकुद विकास समिति कास्कीमा दर्ता संघमध्ये यो ८९ औं खेलकुद संघ हो । राष्ट्रिय खेलकुद परिषदमा नेपाल फुटसल संघ गठन भएपछिको नेपालकै पहिलो शाखा कास्कीमा खोलिएको हो ।

पोखरामा फुटबलमा आवद्ध व्यक्तिहरुको भेलाले सञ्जय लिगलको अध्यक्षतामा संघ गठन गरेको हो । संघको उपाध्यक्षमा सुशील केसी, महासचिवमा प्रदीप घिमिरे, सहसचिवमा धर्मराज पराजुली, कोषाध्यक्षमा जयन्त सिंह छन् । त्यस्तै सदस्यहरुमा प्रकाश पराजुली, मोहन कुवंर, डा. दिवश क्षेत्री, दामोदर बराल, दिपक बास्तोला, उमेश पुन र नवराज कोइराला छन् ।

नवगठित कार्यसमितिको घोषणा कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेलले पोखरालाई खेलकुदको राजधानीको रुपमा स्थापित गर्न सवैको सहयोग आवश्यक रहेको वताए ।

उनले १३औं सागलाई मध्यनजर गर्दै पोखरा रंगशालामा पूर्वाधार विकास लगायतका कार्यहरु सुरु गरिने बताए । उनले पोखराको फुटबल रंगशाला निर्माणका लागि एक दुई दिनमा नै डिपिआर सम्झौता हुने जानकारीसमेत दिए । साथै रंगशालमा भत्किन लागेको गेट र पर्खालको पनि मर्मत गरिने वताए ।