Sunday 19th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

प्रहरीको गोली लागेर ४ जनाकाे मृत्यु

Monday, March 6, 2017 National Power

२३ फागुन, राजविराज – राजविराजको औद्योगिक क्षेत्र नजिकै मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । मधेसी मोर्चाका तीन नेता घाइते भएका छन् ।
मधेसी मोर्चाका कार्यकर्ता प्रहरीको घेरा तोडेर अघि बढ्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेको हो । लाठी लागेर मधेसी मोर्चाका जिल्लास्तरी नेता भीम राज यादव र सतिश सिंहसहित तीन जना घाइते भएका छन् । घाइतेहरुलाई एम्बुलेन्समार्फत् अञ्चल अस्पताल लगिएको छ ।

एमालेको कार्यक्रम सकिएलगतै प्रहरी र प्रदर्शनकारीबीच ठाउँ-ठाउँमा झडप भएको थियो । त्यही क्रममा एमालेको कार्यक्रमस्थल औद्योगिक क्षेत्रको करिव १०० मिटर पर प्रहरीको गोली लागेर संजन मेहता र दिगम्बर यादवकाे मृत्यु भएको छ ।

एमालेको कार्यक्रम सकिने बेलामा प्रदर्शनकारीले एमाले कार्यकर्ताको मोटरसाइकल जलाएका थिए भने एक दर्जन गाडीमा तोडफोड गरेका थिए ।

एमाले शीर्ष नेताहरुको टोली कञ्चनपुरतिर लाग्न खोज्दा १०/२० जनाको समूहमा रहेका प्रदर्शनकारीले ठाउँ-ठाउँमा अवरोध गरेका थिए । उनीहरुलाई हटाउने क्रममा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच लखेटालखेट भएको थियो ।

अरुलाई पनि गोली लागेको भनिएपनि थप विवरण आउन बाँकी छ ।