Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

सरोकारवाला निकायलाई तालिम बिस्तारका लागि निर्देशन

Monday, March 6, 2017 National Power

२३ फागुन, ललितपुर – राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र अन्य सम्बन्धित सरोकारवाला सरकारी कार्यालयहरुलाई समेत सेवा दलको तालिम बिस्तारका लागि आवश्यक पहल गर्न निर्देशन प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सेवा दललाई विस्तार गरेर देशभरका विद्यालय तहसम्म पुर्‍याउने प्रतिबद्धता जनाएका छन् ।
राष्ट्रिय सेवा दल सिनियर डिभिजन १२ औं ब्याच अन्तिम दीक्षान्त कवाज कार्यक्रमलाई ललितपुरमा सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘शैक्षिक क्यालेण्डरहरुलाई समेत असर नपर्ने गरी विद्यालय तथा उच्च माध्यमिक विद्यालयहरुमा सञ्चालन गर्नुपर्ने यस किसिमको विशिष्ट प्रकृतिको तालिमको कठिनाई र सीमितताका बारेमा म पूर्ण जानकार छु । ती अवरोधहरुलाई चिर्दै यस तालिमको दायरालाई थप फराकिलो पार्ने सुविचारित र स्पष्ट योजनाहरुको कार्यान्वयनमा नेपाल सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’

७५ जिल्लामा तालिम बिस्तारका लागि सोहीस्तरको भौतिक पूर्वाधार जनशक्ति र बित्तिय स्रोतको आवश्यकता पर्ने भन्दै उनले सरोकारवाला निकायलाई तालिम बिस्तारका लागि प्रस्तावित योजनाहरुमा गम्भीरतापूर्वक कार्य गर्न गराउन निर्देशन दिएका छन् ।

चुस्त नीति र दक्ष जनशक्तिको अभावमा विकास निर्माणको कामले गति लिन नसकेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अब जनशक्ति निर्माणका लागि आवश्यक सबै कदम चाल्ने घोषणा गरे । युवा शक्ति राष्ट्र निर्माणको मेरुदण्ड भएको उल्लेख गर्दै प्रधानमन्त्रीले उनीहरुकै परिचालनबाट मुलुकलाई समृद्ध बनाउन सकिने बताए ।

प्रधानमन्त्री प्रचण्डले देश विकासका लागि युवा शक्ति निर्माणमा नेपाली सेनाको राष्ट्रिय सेवा दलले पुर्‍याएको योगदानको पनि खुलेर प्रशंशा गरे । युवाहरुलाई लगनशील, कर्मठ र देशभक्त बनाउन राष्ट्रिय सेवा दलले पुर्‍याउँदै आएको योगदानलाई सरकारले उच्च सम्मान गरेको उनले बताए ।