Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

माओवादी केन्द्र निकट दलित मुक्ती मोर्चाको बैठकमा बोल्दै–दाहाल

Monday, March 6, 2017 National Power


२३ फागुन, काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले स्थानीय चुनावसँग माओवादीका एजेण्डा जोडिएकाले हरहालतमा चुनाव गराइछाड्ने बताएका छन् । संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता जस्ता एजेण्डा माओवादीको रगत पसिनाबाट स्थापित भएकाले यी उपलब्धि रक्षा गर्ने दायीत्व पनि माओवादी कै भएको बताए ।

माओवादी केन्द्र निकट दलित मुक्ती मोर्चाको बैठकमा बोल्दै प्रचण्डले भने, ‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक प्रणालीमा माओवादीको रगत पसिना छ । जसको रगत पसिना छ, यी उपलब्धि जोगाउने दायित्व पनि हाम्रै हो । हिजो जो यी मुद्दाका विपक्षमा थिए, त्यसकैविरुद्ध लडे, उनीहरुलाई संघीयता र गणतन्त्रको माया छैन । त्यसलाई उनीहरुले जोगाउलान् भन्नु हाम्रै मूर्खता हुन्छ ।’
सरकार स्थानीय तहको निर्वाचन गराएरै छोड्ने पक्षमा रहेको प्रचण्डले बताए । ‘स्थानीय तहको चुनाव घोषणा गरिएको छ, हरहालतमा चुनाव सम्पन्न गर्नुपर्छ,’ प्रचण्डले भने, ‘स्थानीय निर्वाचनसँग माओवादीका मुद्दा जोडिएको छ, हाम्रो रगत र पसिना जोडिएको छ ।’

संविधानले स्थानीय तहमा धेरै अधिकार दिएकाले जनताको अधिकार गाउँ–गाउँसम्म लैजान पनि निर्वाचन गर्नैपर्ने र नयाँ संविधानले दलितहरुको अधिकार र आत्म सम्मानको रक्षा गरेको भन्दै प्रचण्डले एकतावद्ध भएर संविधान कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।