Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

एमालेको मेची–महाकाली अभियान रोक्न भन्दै बन्द आहृवान

Monday, March 6, 2017 National Power

२३ फागुन, राजविराज – एमालेको मेची–महाकाली अभियान रोक्न भन्दै बन्द आहृवान गरेको मधेसी मोर्चाका कार्यकर्ताहरुले सोमबार विहानैदेखि प्रदर्शन थालेका छन् ।

मधेसी मोर्चाका कार्यकर्ताले राजविराज, कञ्चनपुर, भारदह लगायतका क्षेत्रमा प्रदर्शन गरेका छन् । उनीहरुले पूर्व–पश्चिम राजमार्ग समेत अवरुद्ध पारेका छन् ।
बन्दको अवज्ञा गरेको भन्दै मोर्चाका कार्यकर्ताले शम्भुनाथ नगरपालिकामा झण्डै आधा दर्जन सवारी साधन तोडफोड गरेका छन् । प्रहरीले गाडी स्कर्टिङ गरेर लैजान लागेको भन्दै बन्दकर्ताले तोडफोड गरेका हुन् ।

नेकपा एमालेका कार्यकर्ताको मेची–महाकाली अभियान इटहरीबाट आजै सप्तरी पुग्ने कार्यक्रम रहेको छ ।

एमाले र मधेसी मोर्चा आमने–सामने हुने भएपछि सप्तरीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।